तेस्रो एनटीए लिग तेक्वान्दोमा चितवनलाई हालसम्म ६ पदक

तेस्रो एनटीए लिग तेक्वान्दोमा चितवनलाई हालसम्म ६ पदक

तेस्रो एनटीए लिग तेक्वान्दोमा चितवनलाई हालसम्म ६ पदक

चितवन,२६ भदौ । काठमाडौंको सातदोबाटोस्थित तेक्वान्दो संघको हलमा जारी तेस्रो एनटीए नेशनल लिग तेक्वान्दो प्रतियोगितामा चितवनले हालसम्म ६ वटा पदक जितेको छ । खैरहनी डोजांगका अभिषेक तामाङ र ग्रिस्मा थापाले पियर पुम्से १७ वर्ष तलको क्याटेगोरीमा रजत पदक ल्याएका छन् भने महिला २९ केजी तौल मुनिको प्रतिस्पर्धामा मन्जिता नेपालीले फाईट तर्फ कांस्य पदक प्राप्त गरेकी छन् भने पुरुष १७ वर्ष तलको क्याटेगोरीमा एकल पुम्सेमा अभिषेक तामाङले कांस्य पदक ल्याएका छन् । यस्तै चितवन जिल्ला तेक्वान्दो संघकै टिमबाट प्रतिनिधित्व गरेका दुई खेलाडी फाईटतर्फ सौगात सुन्दास ५५ केजी र सुजता परियार ४९ केजीतर्फ रजत पदक ल्याउन सफल भएका छन् । प्रतियोगितामा चितवनका…
Read More
काठमाडौंको पानीमा भेटियो दिसाजन्य पदार्थ कोलिफर्म

काठमाडौंको पानीमा भेटियो दिसाजन्य पदार्थ कोलिफर्म

काठमाडौं, २६ भदौ। काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिए । मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ दिसाजन्य पदार्थ हो । निरीक्षक डा झाका अनुसार विभिन्न दस कम्पनीको जारका पानी परीक्षण गरिएकोमा एक्वा पिस, एक्वा टोखा र एक्वा त्रिदेव कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको हो । महानगरपालिकाले अनुगमनका क्रममा पानी सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रयोगशालामा पठाएको थियो । परीक्षणका क्रममा पानीमा ‘कोलिफर्म’ देखिएको हो । पानीमा ‘कोलिफर्म’ को मात्रा शून्य हुनुपर्नेमा परीक्षण गरिएका जारका पानीमा प्रतिसय मिलिलिटरमा ३०…
Read More
जग्गाको कित्ताकाट खुल्यो

जग्गाको कित्ताकाट खुल्यो

काठमाडौँ,२६ भदौ । स्थानीय तहहरूबाट जग्गाको वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट खुलेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेसँगै चार वर्षदेखि रोकिएको जग्गाको कित्ता कत्ताकाटको समस्या अब समाधान हुने भएको हो । स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कतिपय सर्वसाधारण, मोही र तल्सिङको जग्गा छुट्याउन, जग्गा किनबेच गर्नबाट वञ्चित हुँदै आएका थिए । देशभरका ७५३ पालिकामध्ये १९३ ले मात्र जग्गा वर्गीकरण गरेका छन् । अन्य पालिकाले समयमै जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले रोकिएको जग्गाको कित्ताकाट खुला गरेको हो ।…
Read More
पिठुवा खानेपानीमा सहलगानीमा थप पूर्वाधार निर्माण सुरु

पिठुवा खानेपानीमा सहलगानीमा थप पूर्वाधार निर्माण सुरु

रत्ननगर । पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सहलगानी आयोजना अन्तर्गत थप पूर्वाधार निर्माण सुरु गरेको छ । संस्थाको सेवा भित्रका सबै घरधुरीमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ पिठुवा सहलगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणको काम सुरु गरिएको संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । नेपाल सरकारको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत गरि करिब ९ करोडको लगानीमा प्रेसर फिल्टर सहितको ४ लाख ५० हजार लिटरको खानेपानी ट्याङकी निर्माण, कम्पाउण्ड बाल, ३६ किलोमिटर पाईपलाईन विस्तार र बोरिङ निर्माण गरिने छ । खानेपानीको उक्त पूर्वाधार रत्ननगर वडा नं १६ खैरेटीमा निर्माण सुरु गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सहलगनीमा सुरु भएको…
Read More
पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे आमरण अनशन

पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे आमरण अनशन

विराटनगर,२५ भदौ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । १० वर्ष मुनिका बालबालिकाका लागि निस्शुल्क उपचार सेवाको माग गर्दै उनी आमरण अनशन बसेका हुन् । जिल्ला प्रशासन कार्यालयले मंगलबारमात्र निषेधित क्षेत्र तोकेको प्रदेशसभा सचिवालय अगाडि कार्कीले अनशन सुरु गरेका हुन् । कार्कीले बजेटमा २५ लाख भन्दा तलका योजना राख नहुने, शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिनुपर्ने, घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम दिनलगायत माग गरेका छन् ।
Read More
सरकारी कार्यालयमा बसेर शेयरको कारोबार गर्न नपाइने, टीएमएस प्रतिबन्ध

सरकारी कार्यालयमा बसेर शेयरको कारोबार गर्न नपाइने, टीएमएस प्रतिबन्ध

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाग्राहीको काम प्रभावित भएपछि सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली टीएमएसमाथि प्रतिबन्ध लगाइएको बताएका छन् । मंगलवार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारी कार्यालयमा बसेर शेयर कारोबार गर्नु कानूनी दृष्टिले अमान्य भएको स्पष्ट पारेका हुन् । ‘सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानूनी दृष्टिले अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस)माथि प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय…
Read More
अर्थ समितिको प्रतिवेदनसहित बैंकिङ कसुर विधेयक प्रतिनिधिसभामा पेस

अर्थ समितिको प्रतिवेदनसहित बैंकिङ कसुर विधेयक प्रतिनिधिसभामा पेस

काठमाडौँ, २५भदौ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुभएको छ । उक्त विधेयकलाई अर्थ समितिको सोमबारको बैठकले संशोधनसहित पारित गरेको थियो । चेक अनादर ९चेक बाउन्स०सम्बन्धी मुद्दामा रु १५ लाखसम्मको बिगो भए एक महिना कैद, रु १५ लाखदेखि रु ५० लाखसम्मको बिगो भए एक महिनादेखि तीन महिनासम्म कैद, रु ५० लाखदेखि रु एक करोडसम्म बिगो भएमा तीन महिनादेखि एक वर्षसम्म कैद, रु एक करोडदेखि रु १० करोडसम्मको बिगो भए दुई वर्षसम्म कैद र रु १० करोडभन्दा माथिको बिगो भएमा दुई वर्षदेखि चार वर्षसम्म कैद सजाय हुने…
Read More
चितवन मेडिकल कलेजमा मानसिक रोगको उपचार प्रभावकारी

चितवन मेडिकल कलेजमा मानसिक रोगको उपचार प्रभावकारी

भरतपुर । नेपालमा बर्षेनि सरदर सात हजारले आत्महत्या गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । चितवन मेडिकल कलेज भरतपुरले विश्व आत्महत्या रोगथाम दिवसको दिन मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालमा बर्षेनि सात हजारले आत्महत्या गर्ने गरेको र त्यसको कारण मानसिक रोग भएको जनाएको छ । अस्पतालले प्रहरीलाई उदृत गर्दै आत्महत्या गर्नेमा ९० प्रतिशत मानसिक रोगी र १० प्रतिशत मात्र अन्य कारण रहेको जानकारी दिएको हो । पछिल्लो १० बर्षमा नेपालमा मानसिक रोगका कारण आत्महत्या गर्ने क्रम बढेको छ । विश्वमा सबैभन्दा धेरै आत्महत्या गर्ने देशको सूचीमा नेपाल दशौं भित्र पर्छ । नेपालमा धेरैजसो लागू औषधको कुलतले मानिस मानसिक रोगको शिकार…
Read More
विद्यार्थीलाई आत्महत्या रोगथामबारे सचेतना

विद्यार्थीलाई आत्महत्या रोगथामबारे सचेतना

रत्ननगर । रत्ननगरका विद्यार्थीहरुका लागि आत्महत्या रोगथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ । विश्व आत्महत्या रोगथाम दिवसको अबसरमा लायन्स क्लव अफ रत्ननगर पञ्चकन्याले कार्यक्रम आयोजना गरेको हो । पञ्चकन्या मावि जयमंगलमा गरिएको कार्यक्रममा सोही विद्यालयका ७० जना विद्यार्थी सहभागी रहेको क्लवका निर्वतमान अध्यक्ष जनक राज पन्तले जानकारी दिए । विद्यार्थी मार्फत आत्महत्या न्यूनीकरणको लागि समाजमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरेले आधुनिक समाजको विकासक्रमसंगै आत्महत्याको दर बढ्दै गएका कारण अमुल्य जीवनका विषय जानकारी गराउने गरी समाज केन्द्रीत कार्यक्रम आवश्यक रहेको बताए । क्लवका अध्यक्ष राचन्द्र दुवाडीको अध्यक्षतामा…
Read More
महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी सुरु

महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रेडक्रस सम्बन्धी महिला सशक्तिकरण सम्बन्धी दुई दिने प्रशिक्षणात्मक गोष्ठी सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाको आतिथ्यमा सुरु भएको सो कार्यक्रम रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । रेडक्रसमा आबद्ध महिलाहरुलाई सशक्तिकरण मार्फत सक्षम बनाउने उद्देश्यले जिल्ला स्तरीय कार्यक्रम आयोजना गरिएको रत्ननगर शाखाका कोषाध्यक्ष चन्द्रकान्त ओझाले जानकारी दिए । कार्यक्रममा जिल्ला भित्रका ४१ वटा उपशाखामा आबद्ध महिलाहरुको सहभागिता रहेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रशिक्षक निता ढकाल र चिजकुमार आलेले सहजीकरण गरेका छन् । रत्ननगर उपशाखाकी कार्यबहाक सभापति अनु गौतमको अध्यक्षतामा भएको…
Read More