नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता

नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता

नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता

भरतपुर,जेठ १५- रास्वपा नेतृत्वको सरकारले आज (शुक्रबार) आर्थिक बर्ष २०८३ ८४ को बजेट सार्वजनिक गरेको छ । यो बजेटमा चितवनलाई चितवनलाई चासोका साथ हेरिएको थियो । रास्वपाको सभापति रवि लामिछाने र कानुनमन्त्री समेत रहेकी सोविता गौतम चितवनबाट निर्वाचित भएकाले बजेटमा चितवन प्राथमिकतामा पर्ने विश्वास गरिएको थियो । तर नयाँ बजेटमा भने चितवन प्राथमिकतामा पर्न सकेन । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै चितवनका केही पुराना योजनालाई समेटेका छन । नयाँ योजनामा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई उपकरण खरिदका लागि ३२ करोड रकम विनियोजन र चेपाङ समुदायलाई आवासिय विद्यायलय संचालन गर्ने मात्रै समेटिएको छ । पुराना योजनामा भरतपुर विमानस्थललाई बिस्तार…
Read More
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

काठमाडौँ, जेठ १५- आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् । उनले बजेट आजै मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए । मन्त्रिपरिषद्बाट पारित भएपछि अर्थमन्त्री वाग्लेले संयुक्त सदनमा बजेट सार्वजनिक गर्न लागेका हुन् ।
Read More
मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

काठमाडौँ, जेठ १५ – सरकारले मोतिपुर र मयुरधापलगायत औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पाँचखाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिइने बताउनुभयो । उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहेको उल्लेख गर्दै उहाँले गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति लिइएको स्पष्ट पार्नुभयो । “महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौँ । विशेष आर्थिक क्षेत्रलाई कर, भन्सार, आयात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने विशेष आर्थिक प्रशासन…
Read More
खाँदबारीमा अम्पायर तालिम

खाँदबारीमा अम्पायर तालिम

खाँदबारी (सङ्खुवासभा), जेठ १५- ब्याडमिन्टन खेलका ‘अम्पायर’को क्षमता अभिवृद्धि तथा अन्तरराष्ट्रिय मापदण्डअनुसारको ज्ञान र सीप विकास गर्ने उद्देश्य ‘अम्पायर तालिम’ सुरु भएको छ । नेपाल ब्याडमिन्टन सङ्घ र सङ्खुवासभा ब्याडमिन्टन सङ्घद्वारा आयोजित उक्त तालिममा कोशी प्रदेशका १४ जिल्लाका ४५ जना अम्पायर सहभागी छन् । तालिममा अन्तरराष्ट्रियस्तरका अद्यावधिक नियम, खेल सञ्चालनका प्राविधिक पक्ष, अम्पायरिङका व्यावहारिक अभ्यास तथा निर्णय प्रक्रियासम्बन्धी प्रशिक्षण प्रदान गरिने तालिमका मुख्य प्रशिक्षक अन्तरराष्ट्रिय रेफ्री तथा नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सचिव दीपक थापा रहनुभएको छ । आयोजक संस्था सङ्खुवासभा ब्याडमिन्टन सङ्घका सचिव रुद्रमणि श्रेष्ठले ब्याडमिन्टन ओलम्पिकमा समावेश अन्तरराष्ट्रिय खेल भएकाले विश्वव्यापी रूपमा प्रचलित नियम, मापदण्ड र खेल सञ्चालन प्रक्रियाबारे…
Read More
मंगलबजारमा दुई दिने नेवा महोत्सव सुरु

मंगलबजारमा दुई दिने नेवा महोत्सव सुरु

काठमाडौँ, जेठ १५- यल नेवा समाज ललितपुरको आयोजनामा दुई दिने नेवा महोत्सव शुक्रबार मंगलबजारमा सुरु भएको छ। विश्वभर छरिएर रहेका नेवार समुदायले आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवर्द्धन गर्न विभिन्न समयमा नेवाः महोत्सव आयोजना गर्ने गर्दछन्। यो महोत्सवमा विषेश गरि पाटनका जातिय खलकहरूको हस्तकला, ताम्रकला, मूर्तिकला, प्रस्थरकलालगायत आ(आफ्नो पहिचान प्रस्तुत गर्ने, मौलिक नेवारी खाना र संस्कृति प्रवर्द्धन गरिने यल नेवा समाजले जनाएको छ । यल नेवा समाजका अध्यक्ष नानी काजी शाक्यका अनुसार यो महोत्सव व्यापार मेला नभइकन विशुद्व पाटनका जातिय समाजको परम्परागत सिपको प्रस्तुति रहेको जनाए । पाटनमा २१ जातिय समाज छन् । महोत्सवमा वागमती प्रदेश सरकारले दिएको आदिवासी…
Read More
राजनीतिक परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, राज्यसत्ताको चरित्र र आचरणमा बदलाब ल्याउनुपर्छः राष्ट्रपति पौडेल

राजनीतिक परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, राज्यसत्ताको चरित्र र आचरणमा बदलाब ल्याउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ, जेठ १५ – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा उहाँले त्यसका लागि राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक भएको बताउनुभयो । “अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन”, राष्ट्रपति पौडेलले भन्नुभयो । गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्यमान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । “यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ”, राष्ट्रपतिले भन्नुभयो । सामाजिक न्याय, विकास…
Read More
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

काठमाडौँ,जेठ १५- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गर्दै छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा अपराह्न ४ बजे आगामी आवको आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ। बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री वाग्लेले बताएका छन्। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने उनको तयारी छ। बजेटमा बर्सौंदेखि रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत गतिमा सम्पन्न गर्ने र कमजोर अवस्थाका सार्वजनिक निकाय खारेज गर्नेसम्मको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम १५ प्रतिशत तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र…
Read More
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

काठमाडौँ,जेठ १५- आज देशभर १९औँ गणतन्त्र दिवस मनाइदै छ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाइन्छ। तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष पूरा भएको छ। २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई…
Read More
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस

काठमाडौं, जेठ १४ – नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले हालसम्मको अभ्यासअनुसार गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नियमित हुने परम्परा रहेको भन्दै यसपटकको अनुपस्थितिले प्रश्न उठाएको बताइन्। उनले भनिन्, ‘गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई जनताप्रतिको अनुत्तरदायी र गैरजिम्मेवारीको रुपमा नै लिन्छु । किनकी अहिलेसम्मको अभ्यास यो भएको छैन् । उहाँले आफू आउन नसक्ने कारण बताइदिनुपर्ने थियो। अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठीक छैन या म बाहिर जाँदै छु…
Read More
चितवनमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादनः निर्यात समेत थालनी

चितवनमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादनः निर्यात समेत थालनी

चितवन, जेठ १४- जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो । उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै भन्नुभयो “अत्याधुनिक उपकरण जडान गरेर कच्चा पदार्थ तयार गरेर निर्यात गर्न सुरुआत गरेका छौँ ।” स्वदेशी उद्यमीको संयुक्त लगानीमा रु एक अर्ब ३० करोड सञ्चालनमा आएको जनाइएको छ । उद्योगमा कच्चा पदार्थ र त्यसबाट बन्ने क्यान्सरका औषधिहरु उत्पादनका लागि काम भइरहेको छ । उहाँले भन्नुभयो, “क्यान्सरको औषधिको कच्चा पदार्थ उत्पादन गरी निर्यात गरेका…
Read More