दरबार हत्याकाण्डः राजा वीरेन्द्र वंशनाशको २५ वर्ष पूरा
काठमाडौँ,जेठ १९- तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ । विक्रम सम्वत् २०५८ साल जेठ १९ गते राति पारिवारिक जमघटका क्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै हत्या भएको थियो । तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित समितिले तयार गरेको प्रतिवेदनमा युवराज दीपेन्द्रले घटना घटाएको उल्लेख छ । प्रतिवेदनमा सपरिवारको हत्या गरी आफैँले गोली हानेर आत्महत्या गरेको दाबी गरिएको छ । प्रतिवेदन विपरित अधिकांश सर्वसाधारणले सो प्रतिवेदनमा उल्लेख भएअनुसार युवराज दीपेन्द्रले घटना घटाएको भन्ने कुरा पत्याउन सकेका छैनन् । उक्त घटनाको यथार्थ अझै पनि रहस्यमय…