चितवनमा चाङ्गान नेभो Q05 आइतबार सार्वजनिक हुँदै
चितवन, भदौ २५– एमएडब्ल्यू वृद्धि अटोकोर्प प्रा.लि.अन्तर्गत चितवन क्षेत्रका लागि चाङ्गानको आधिकारिक डिलर राजहंस अटोमोबाइल प्रा.लि.ले आगामी साता चितवनमा नयाँ नेभो Q05 सार्वजनिक गर्ने तयारी गरेको छ। चाङ्गानको नयाँ ऊर्जा सवारी साधन पोर्टफोलियोअन्तर्गत रहेको नेभो ले नेपालमा इलेक्ट्रिक एसयूभी अनुभवलाई अझ नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। नेपालमा चाङ्गानको प्रिमियम, स्टाइलिश तथा प्रविधिमैत्री इलेक्ट्रिक मोबिलिटीको प्रतिनिधित्व गर्दै आएको दीपलसँगै NEVO Q05 ले नेपाली ग्राहकका लागि कम्फर्ट, डिजाइन र टेक्नोलोजीमा ‘A Class Above’ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। नयाँ NEVO Q05 ले शहरी यात्राका लागि उपयुक्त बाहिरी आयामसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्छ। यसको २,७३५ मिमि ह्वीलबेसले यात्रुहरूका लागि…