भरतपुर अस्पतालसहित १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउने स्वास्थ्यमन्त्रीको निर्णय
चितवन, भदौ २५- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विपद् तथा महाविपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी चितवनको भरतपुर अस्पतालसहित देशका १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने निर्णय गरेकी छन् । विगतका विपद्का क्रममा शव व्यवस्थापनमा देखिएका कठिनाइ र पछिल्लो भोटेकोशी बाढीमा समेत शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा यस्तो पूर्वाधार आवश्यक रहेको मेहताले बताइन् । विपद् व्यवस्थापन सिकाइका आधारमा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालमै पर्याप्त क्षमताको शवगृह निर्माण गर्नुपर्ने उनको भनाइ छ। मन्त्री मेहताले फरेन्सिक मेडिसिनको महत्व बढ्दै गएको तथा मेडिको–लिगलसम्बन्धी कार्यलाई समेत…