ट्रकमा ल्याइएका १९ वटा गाई गोरु सहित २ जना पक्राउ
नवलपुर । मिनी ट्रकमा खाँदाखाँद गरेर ट्रकमा गाई गोरु विक्री वितरणका लागि लैजाँदै गरेको एक टोलीलाई नवलपुर प्रहरीले दाउन्नेबाट नियन्त्रणमा लिएको छ । आज नवलपुरको विनयी त्रिवेणी २ दाउन्नेबाट दाउन्नेमा रहेको प्रहरी टोलीले उक्त गाई गोरु र ट्रक सहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । पश्चिम नवलपरासीको सुनवल नगरपालिका ८ बाट ग. प्र. ०३–००१ ख २२७० मिनि ट्रकमा लोड गरी लैजादै गरेको अवस्थामा प्रहरी चौकी दाउन्ने टोलीले १९ वटा जर्सी प्रजातिका गाई र गोरुलाई नियन्त्रणमा लिएको हो । १५ वटा गाई र ४ वटा गोरु मासु परियोजनका लागि विक्रीको लागि लाग लागिएको…