भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद
इनरुवा (सुनसरी), जेठ २८ – सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा भित्रयाइएका रु छ लाख १४ हजार बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न प्रहरी एकाइबाट खटिएको टोलीले बुधबार र बिहिबार सञ्चालन गरेको विशेष अभियानका क्रममा ती अवैध रुपमा भित्रयाइएका सामान बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । जिल्लाका छ वटा स्थानबाट छ लाख १४ हजार बराबरको भन्सार छलीका लत्ताकपडा, किराना सामग्री र सामान ओसारपसारमा प्रयोग भएको एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसमध्ये इनरुवा–१ बाट रु चार लाख २७ हजार मूल्य बराबरको लत्ताकपडा…