चितवनमा बाढी : १७१ जनाकाे उद्दार, झोलुंगे पुल बगायो

चितवनमा बाढी : १७१ जनाकाे उद्दार, झोलुंगे पुल बगायो

चितवनमा बाढी : १७१ जनाकाे उद्दार, झोलुंगे पुल बगायो

चितवन । भरतपुर महागनरपालिकामा नारायणी नदीमा आएको बाढीको जोखिममा परेका १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भरतपुर–१६ गुम्बाचोकबाट पुरुष २६ र महिला ३३ गरी जम्मा ५९ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयाे । भरतपुर–३ स्थितमा रहेको हाम्रो घर नामक संस्थामा रहेका २४ जना बालबालिका र दुई जना महिला कामदार गरी जम्मा २६ जनालाई नजिकै रहेको एग्रोभेटको भवनमा सारिएको छ भने भरतपुर–१७ गोब्रेनीस्थितमा १७ घरधुरीका ५४ जना मानिसहरुलाई आफन्तहरुको घरमा सुरक्षित साथ सारिएको छ । भरतपुर–३ बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने ४ जनालाई (३ पुरुष, १ महिला)लाई आफन्तको घर र भरतपुर–१…
Read More
चितवन जिल्ला लिग : हर्दीको पहिलो जित, बिएफसी र सौराहाको बराबरी

चितवन जिल्ला लिग : हर्दीको पहिलो जित, बिएफसी र सौराहाको बराबरी

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज (शुक्रबार) दुई खेल सम्पन्न भएका छन् । लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा हर्दी युवा समाजले जित हात पारेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले एभरेष्ट क्लबलाई ३-० ले पाखा लगाएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । उनले खेलको ७ औं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । जारी लिगमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । ह्याट्रिक गरेका सन्तोष म्यान अफ दि म्याच चुनिए । यो जित सँगै हर्दीको दुई खेलबाट ३ अंक भएको छ । एभरेष्टको समान खेलबाट एक अंक छ…
Read More
पृथ्वी माविमा बृक्षारोपण तथा सचेतनामुलक कार्यक्रम

पृथ्वी माविमा बृक्षारोपण तथा सचेतनामुलक कार्यक्रम

कालिका । पूर्वी चितवनको कालिका स्थित पृथ्वी माविमा बृक्षारोपण तथा वातारण संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । इको क्लवको आयोजनामा भएको कार्यक्रमा विद्यालय हाता भित्र धुपी, निम, माँगोस्ट्रिक, चिउरी, अम्बा, कटर आदि को बिरुवा रोपिएको विद्यालयको इको क्लबका संयोजक शिक्षिका शशीकला ढकालले जानकारी दिइन्। उक्त विद्यालयको इको क्लबले वातावरण दिवस, स्काउट दिवस, धान दिवस लगायत विभिन्न दिवसहरूको उपलक्ष्यमा समुदाय केन्द्रीत कार्यक्रमहरूगर्दै आएको उनले जानकारी दिइन् । विद्यालयका प्रधानाध्यापक प्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राध्यापक द्वय सूर्यभक्ता अधिकारी र भवानी सिग्देलले वृक्षारोपण र वातावरण संरक्षणका बारेमा प्रकाश पारेका थिए । कक्षा ६ देखि १० सम्मका सदस्यहरु सरस्वती पल्ली, अनिषा श्रेष्ठ,…
Read More
चितवनको फिस्लिङ नजिक पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको फिस्लिङ नजिक पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिक पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो करिब १ः५० बजेको समयमा लेदोसहितको पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयाे । पहिरो पन्छाउन करिब एक घण्टा लाग्ने बताइएको छ ।
Read More
नारायणी नदीमा बाढी : देवघाटमा नाघ्यो चेतावनी तह

नारायणी नदीमा बाढी : देवघाटमा नाघ्यो चेतावनी तह

चितवन । नारायणी नदीमा आएको बाढीले देवघाटमा चेतावनी तह नाघेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलसतह मापन केन्द्रमा नारायणीले चेतावनीको तह नाघेको हो । यहाँ जलसतह ७.३४ मिटर पुगेको छ । ७.३ मिटरदेखि ९ मिटरसम्मको जलसतहलाई चेतावनीको तह मानिन्छ । ९ मिटर भन्दा माथि पुगे खतराको तह मानिन्छ । नारायणी नदीको जलसतह नारायणगढस्थित नारायणी पुलमा चेतावनी तह नजिक पुगेको छ । यहाँको जलसतह १०.५७ मिटर पुगेको छ । देशका विभिन्न जिल्लाहरुमा बिहानै देखि परेको भारी वर्षाका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आएको छ ।
Read More
रत्ननगर उवासंघद्वारा प्रजिअ यादबलाई स्वागत

रत्ननगर उवासंघद्वारा प्रजिअ यादबलाई स्वागत

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार प्रमुख जिल्ला अधिकारी इन्ज्द्रदेब यादबलाई स्वागत तथा व्यवसायिक सुरक्षाका विषयमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले भारतबाट अबैध रुपमा भित्र्निे कृषि तथा पशुजन्य उत्पादनका कारण नेपाली उत्पादनले बजार पाउन नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी यादबलाई ध्यानर्कषण गराएका छन् । चितवन दुध, पोल्ट्री, माछा र केरामा आत्मनिभएर रहेको भन्दै उनले खुल्ला सिमानाका कारण भरतबाट भित्र्निे अबैध सामग्रीका कारण जिल्लाका उत्पादनले बजार पाउन नसकेको बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले अबैध रुपमा भारतबाट भित्र्निे सामग्रीका कारण नेपाली उत्पादनले मुल्य पाउन नसकेको बताए । भारतीय…
Read More
प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचार गरेका छन् । प्रधानमन्त्री दाहालले सङ्घीय संसद्का महासचिवलाई आज एक पत्र पठाएर उक्त दिन विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने भएकाले आवश्यक व्यवस्था मिलाउन अनुरोध गरे । “मेरो नेतृत्वमा संवत् २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भए अनुरुप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि…
Read More
खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

तेह्रथुम २१ असार । प्रहरीले आमाको हत्याको आरोपमा छोरालाई पक्राउ गरेको छ। तेह्रथुम लालिगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने ४६ वर्षीया तिलमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले उनका २३ वर्षीय छोरा दिपक नेपालीलाई पक्राउ गरेको हो। हत्या भएको खबरपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। बिहीबार दिउँसो दिपकले आफ्नी आमामाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ।
Read More
चितवन राष्ट्रिय निकुञ्जमा बजेट अभावले संरक्षणमा चुनौती

चितवन राष्ट्रिय निकुञ्जमा बजेट अभावले संरक्षणमा चुनौती

चितवन २१ असार । चितवन राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तु संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन नहुँदा चुनौती थपिएको छ । दुर्लभ वन्यजन्तु संरक्षण कठिन बन्दै गएको छ भने निकुञ्ज र जनताबीचको द्वन्द्व बढ्ने जोखिम पनि बढेको छ । निकुञ्जमा संरक्षण गर्नुपर्ने गोही, बाघ, घाइते गैँडालगायत वन्यजन्तुको पालनपोषणमा कम बजेट विनियोजन गरिएपछि समस्या देखिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार प्रजनन केन्द्रमा पालिएका गोही र उद्धार गरी खोरमा राखिएका बाघको आहारा र रेखदेख गर्न एक वर्षमा रु ७० लाख हाराहारी खर्च हुने गर्दछ । प्रजनन केन्द्रमा छ सयभन्दा बढी गोही छन् भने बर्सेनि पाँचदेखि सातवटा बाघको उद्धार…
Read More
बागमती प्रदेशमा समर्थन फिर्ता लिने एमालेको तयारी

बागमती प्रदेशमा समर्थन फिर्ता लिने एमालेको तयारी

हेटौंडा, २१ असार। नेकपा एमालेले बागमतीमा समर्थन फिर्ता लिन लागेको संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताएका छन् । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता लिन लागेको मन्त्री थपलियाले बताएका हुन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समर्थन फिर्तासहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउने उनले बताए । बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन् । नेता थपलियासहित रामेश्वर श्रेष्ठ, केशव पोख्रेल, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ मन्त्री छन् । प्रदेशको दोस्रो कार्याकालमा एमाले दोस्रो पटक सरकारबाट बाहिरिँदै छ ।
Read More