रत्ननगरमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने

3e66a8f1-5611-467d-8612-13c97cd64dd0

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा असोज १ गतेदेखि दोसो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पूर्वी चितवन स्पोसर्ट क्लवको आयोजना रत्ननगर वडा नं ३ शान्तिचोक स्थित कर्भडहलमा सो प्रतियोगिता हुने भएको हो । आयोजक क्लवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो ।

राष्ट्रिय स्तरको सो प्रतियोगिता विभिन्न सातवटा विधामा खेलाइने प्रतियोगिताका संयोजक केबल न्यौपानेले जानकारी दिए । राष्ट्रिय स्तरमा २० भन्दा बढी बरियताक्रममा रहेका खेलाडी सहभागी तर्फ प्रथम हुनेलाई १ लाख ११ हजार १११, द्धितीय हुने टिमलाई ५१ हजार १११ र तृतीय हुने टिमलाई २५ हजार १११, वी लेबल खुल्ला तर्फ प्रथम हुने टिमलाई ४१ हजार १११, द्धितीय हुने टिमलाई २१ हजार १११ र तृतीय हुने टिमलाई ११ हजार १११ पुरस्कार प्रदान गरिने संयोजक न्यौपानेले जानकारी दिए ।

त्यसैगरी भेट्रान्स ४५ बर्ष उमेर समुह माथिको खेलमा प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, सुपर भेट्रान्स ५५ बर्ष उमेर समुह माथि प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, राष्ट्रिय स्तरमा टक १० भन्दा माथि महिला खुल्लामा प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, जनप्रतिनिधि तर्फ प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११, र जिल्ला स्तरीय खुल्ला तर्फ प्रथम हुने टिमलाई ३१ हजार ११, द्धितीय हुने टिमलाई १५ हजार १११, र तृतीय हुने टिमलाई ७ हजार १११ प्रदान गरिने उनले क्लबका अध्यक्ष राजकुमार पुरीले जानकारी दिए ।

जिल्ला स्तरीय खुल्ला प्रतियोगिता भने भदौ २९ र ३० गते हुनेछ । असोज ३ गते सम्म चल्ने सो प्रतियोगिताको संरक्षकमा रत्ननगर नगरपालिका र सहयोगीमा वडा कार्यालय, सेन्टरकलेज, रिजाल फुड्र्स, राममणि न्यौपाने, विकास डल्लाकोटी लगायत रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न १५ लाख ३७ हजार ३३१ रुपैया खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले खेलक्षेत्रको विकासको लागि रत्ननगरमा आयोजना गरिएको राष्ट्रिय स्तरको प्रतियोगितामा स्थानीय सरकारको पूर्ण सहयोग रहने बताए । सात वटा विधामा हुने प्रतियोगितामा करिब २०० टिमको सहभागिता रहने क्लवका उपाध्यक्ष राजु भट्टराईले जानकारी दिए ।

ताजा समाचारहरुः

रत्ननगरमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

रत्ननगरमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

रत्ननगरमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

रत्ननगरमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

रत्ननगरमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

रत्ननगरमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

रत्ननगरमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी