लिजामा चितवनका पालिका : महानगरलाई उछिन्दै तेस्रो बन्यो कालिका
रत्ननगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता मुल्याङकन(लिजा) मा रत्ननगर जिल्लामा पहिलाे हुँदा कालिका नगरपालिका तेस्रो हुन सफल भएको छ । खैरहनी नगरपालिका जिल्लामै दोस्रो हुँदा विकासको हिसावले अग्रणी स्थानमा रहेको जिल्लाको एकमात्र महानगरपालिका भरतपुर भने चौथो भएको छ । भरतपुर महानगरपालिकालाई उछिन्दै ग्रामिण क्षेत्रमा रहेको कालिका नगरपालिका तेस्रो भएको हो । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले सबै भन्दा पछि स्थापना भएको कालिकाले भरतपुर महानगरपालिका भन्दा एक स्तर माथी हुनुलाई सकरात्मक रुपमा लिएको बताए । रत्ननगर र खैरहनी क्रमश जिल्लामा प्रथम र दोस्रो हुँदा कालिकाले सुरक्षित गरेको स्थान निरासजन नरहेको उनले बताए । लिजालाई चाहिने…