सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा

सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा

सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा

काठमाडौं, असार ९ – पूर्वमनन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आफ्नो अडानमा कुनै परिवर्तन नभएको बताएका छन्। शर्माले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले सम्पत्ति छानबिनको विषय विगतमा संसद् र पार्टी दुवै ठाउँमा उठाएको भन्दै अहिले पनि त्यसमा दृढ रहेको उल्लेख गरेका छन्। 'साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु,' उनले फेसबुकमा लेखेका छन्। साथै, उनले आफ्नो भनाइसँग असम्बन्धित विषय जोडेर भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन्। 'तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया…
Read More
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने

रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने

चितवन, असार ९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत कुनै पनि पदका उम्मेद्वारका प्रस्तावकले अर्को उम्मेद्वारको प्रस्तावक बन्न नपाउने भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी कुनै एक व्यक्तिले एकभन्दा बढी उम्मेद्वारको उम्मेद्वारी फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाइने जनाएको हो । त्यसैगरी, कुनै पनि पदका उम्मेद्वारका एक समर्थकले एकभन्दा बढी उम्मेद्वारको उम्मेद्वारी फारममा समर्थकका रूपमा पनि हस्ताक्षर गर्न नपाइने आयोगले स्पष्ट गरेको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार पार्टी सभापति पदका उम्मेद्वारले मनोनयन फारम दाखिला गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर गरेको हुनुपर्ने…
Read More
भरतपुर महानगरको १९औँ नगरसभा: सञ्चार क्षेत्र सुदृढीकरणलाई प्राथमिकता, क्षमता अभिवृद्धि र पूर्वाधारमा जोड

भरतपुर महानगरको १९औँ नगरसभा: सञ्चार क्षेत्र सुदृढीकरणलाई प्राथमिकता, क्षमता अभिवृद्धि र पूर्वाधारमा जोड

चितवन, असार ८ – भरतपुर महानगरपालिकाको १९औँ नगरसभा अधिवेशनमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बजेट भाषण प्रस्तुत गर्दै सञ्चार क्षेत्रलाई सुदृढ, पारदर्शी र व्यावसायिक बनाउन विशेष कार्यक्रम अघि सारिएको बताउनुभयो। नगरपालिकाले सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने, तालिम तथा सीप विकास कार्यक्रम सञ्चालन गर्ने र सञ्चार गृहहरूको संस्थागत विकास तथा प्रवर्द्धनमा सहयोग गर्ने नीति लिएको छ। साथै, स्थानीय सञ्चार माध्यमलाई सक्षम बनाउन आवश्यक सहकार्य र साझेदारी विस्तार गरिने उल्लेख गरिएको छ। त्यस्तै, नेपाल पत्रकार महासंघ लगायत सञ्चारसँग सम्बन्धित संघ–संस्थाहरूको पूर्वाधार निर्माण तथा विकासमा समेत महानगरले सहयोग गर्ने व्यवस्था गरिएको छ। यसले पत्रकारिता क्षेत्रको…
Read More
चितवनको देवनगरमा ५० हेक्टरको टाइगर सेन्चुरी बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी

चितवनको देवनगरमा ५० हेक्टरको टाइगर सेन्चुरी बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी

चितवन, असार ८ – कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गरेकी छन् । रास्वा महाधिवेशनसँगै चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी लिइएकी हुन् । भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदमहरू दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित टाइगर सेन्चुरी निर्माण स्थलको स्थलगत अवलोकन गरेकी छन् । सरकारले देवनगरमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारिरहेको छ । देशभर करिब एक दर्जनभन्दा बढी…
Read More
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

चितवन, असार ८ – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । आज नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डा तिमिल्सिनाले निर्देशन दिनुभएको हो । उहाँले यसअघि सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरेहुन्थ्यो भन्नेसम्मको गुनासो आउने गरेको सन्दर्भमा छिटोछरितो ढङ्गबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभयो । दूरसञ्चार क्षेत्रमा विगतको तुलनामा धेरै काम भएको भन्दै उहाँले जनअपेक्षाअनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “१० वर्ष अगाडि र अहिलेको अवस्था फरक छ । हिजो मान्छे…
Read More
सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण

सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण

चितवन, असार ८- सूचना तथा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले राष्ट्रिय समाचार समिति ९रासस० भरतपुरको नवनिर्मित तालिम भवनको आज निरिक्षण गर्नुभएको छ । नवनिर्मित भवनको सबै कक्षको निरीक्षणपछि यथासक्य छिटो सञ्चालनमा ल्याउनुपर्ने बताउँदै कर्मचारी तथा स्थानीय समाचारदाताका बारेमा जानकारी लिनुभयो । सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले समाचार सेवालाई छिटो छरितो रुपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो । समाचार सामग्री उत्पादनमा महत्वपूर्ण भूमिका रहेको राससले सूचना प्रविधिको क्षेत्रमा द्रुत गतिमा भएको विकासलाई आत्मसात् गरी देश र जनताका पक्षमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रु पाँच करोड ७६ लाख ७१ हजार लागतमा निर्माण गरेको रासस भवनमा…
Read More
प्रधानमन्त्रीद्वारा सौराहास्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण

प्रधानमन्त्रीद्वारा सौराहास्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण

चितवन, असार ८ – प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नुभएको छ । प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नुभएको हो । खोरसोरस्थित तालिम केन्द्रमा अहिले नौ वटा माउ र सात वटा हात्तीका छावा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहनुभएका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा हुनुहुन्छ । रासस
Read More
चितवनमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न, करिब ५०० सेवाग्राही लाभान्वित

चितवनमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न, करिब ५०० सेवाग्राही लाभान्वित

चितवन, असार ८- राप्ती जेसिज, नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पताल चितवन, वाघदेवी सामुदायिक वन तथा रोट्याक्ट क्लब अफ पूर्वी चितवनको संयुक्त आयोजनामा एकदिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा करिब ५०० जना सेवाग्राहीले आँखा परीक्षण, औषधि वितरण तथा आवश्यकताअनुसार चस्मा प्राप्त गरेका छन्। स्थानीय समुदायलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरबाट ठूलो संख्यामा नागरिक लाभान्वित भएका आयोजकहरूले बताएका छन्। शिविर प्रजित रुवलि, शिवनारायण चौधरी र शिशिर सिग्देलको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रमका संयोजकहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यस अवसरमा बोल्दै वाघदेवी सामुदायिक वनका अध्यक्ष शिवनारायण चौधरी…
Read More
माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन

माडी सडक निर्माणको बाटो खुल्दै, तीन मन्त्रीको संयुक्त निरीक्षणपछि निकुञ्जका काम एक महिनाभित्र अघि बढाउने निर्देशन

चितवन, असार ८- चितवनको जगतपुर–माडी सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे निर्माणलाई गति दिन संघीय सरकारका तीन मन्त्री संयुक्त रूपमा स्थलगत निरीक्षणमा पुग्नु भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं चितवन–३ की प्रतिनिधिसभा सदस्य सोबिता गौतम, कृषि तथा वन तथा वातावरणमन्त्री गीता चौधरी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले आइतबार सडकखण्डको अवलोकन गर्दै निर्माण प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । निरीक्षणका क्रममा मन्त्री गौतमले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने सडक निर्माणका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रियालाई अब ढिलाइ गर्न नहुने बताउनुभयो । उहाले निकुञ्जसँग सम्बन्धित काम एक महिनाभित्र अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै स्थानीयवासीको…
Read More
समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी

समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी

चितवन, असार ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो विधानमा संशोधन गरी पार्टीलाई थप समावेशी बनाइने भएको छ । समावेशी सहभागितालाई सुनिश्चित गर्नेगरी विधान संशोधन भएसँगै प्रत्यक्ष लाभान्वित समुदाय खुसी देखिएका हुन् । पार्टीले महिला, जनजाति, मधेसी, दलित समुदायका पक्षमा निर्णय गरेको भन्दै लाभान्वित समुदाय उत्साहित बनेका हुन् । आधा जनसङ्ख्या ओगट्ने महिलामध्येबाट एक जना केन्द्रीय उपसभापति हुुनुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय समितिका ९९ जना सदस्यमध्ये प्रदेशबाट प्रतिनिधित्व गर्ने एउटा प्रदेशको पाँच जनाका दरले ३५ जना सदस्यलाई पूर्ण समावेशी बनाइएको छ । एउटा प्रदेशबाट कम्तीमा दुई महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । प्रदेशमा उपस्थित जनसङ्ख्याको आधारमा गण्डकी र कोशी…
Read More