सौराहामा यु आर अटोमेटिक लन्ड्रीको शाखा सञ्चालन
रत्ननगर । चितवनकाे साैराहामा यु आर अटोमेटिक लन्ड्रीको नयाँ शाखा सञ्चालन गरिएकाे छ । रत्ननगर ६ बछौलीको गौरीगाई चोक नजिकै रहेको स्ट्रिट नं ७ बाट लन्ड्रीले शुक्रबारदेखि सेवा आरम्भ गरेको हो । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरीले एक समारोहबीच लन्ड्रीको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै गिरीले अत्याधुनिक लन्ड्रीको सञ्चालनले साैराहाकाे पर्यटन विकासमा टेवा पुग्ने बताए । पर्यटकीय क्षेत्रका सेवा थपिनु सुखद कुरा हाे उनले भने सबैकाे प्रयासबाट साैराहालाई माथि उठाउने हाे । बाराको सिमरामा मुख्य कार्यालय रहेको कम्पनीले चितवनमा शाखा विस्तार गरेको हो । अत्याधुनिक मेशिनको प्रयोग गरी कुनै पनि प्रकारका लुगाको सुरक्षित धुलाई गर्ने कम्पनीका सञ्चालक…