इच्छाकामनाका किसानलाई पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

इच्छाकामनाका किसानलाई पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

इच्छाकामनाका किसानलाई पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन), जेठ २९ – चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ४ का किसानलाई भैँसीपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । बागमती प्रदेश र इच्छाकामना गाउँपालिकाको सशर्त अनुदानमा सञ्चालित कार्यक्रमअन्तर्गत निर्माण भएका गोठ तथा खरिद गरिएका दुहुना भैँसीको अनुगमन समेत गरिएको छ । गाउँपालिकाका अनुसार भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानका लागि गोठ निर्माणका लागि २० जना र दुहुना भैँसी खरिदका लागि गर्ने ३५ जना किसानले निवेदन दिएका थिए । जसमध्ये हालसम्म २० जना किसानले दुहुना भैँसी खरिद गरिसकेका छन् । ती भैँसी गोठमै…
Read More
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्नः ‘सीमाबारे मौन किन ?’

परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्नः ‘सीमाबारे मौन किन ?’

काठमाडौं, जेठ २९ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाइन् । उनले भनिन्, ‘सीमा विवादबारे परराष्ट्रमन्त्रीज्यूले राख्नुभएको कुरामा म असहमति जनाउन चाहन्छु। काठमाडौंदेखि दिल्ली जाँदा यो विषयको बारेमा पछि बोल्छु भनेर भन्नुभयो पत्रकारज्यूहरूलाई । दिल्लीको औपचारिक वार्तामा कहीँ कतै सीमाका विषय उठाउनु भएन ।’ उनका अनुसार भ्रमणअघि परराष्ट्रमन्त्रीले पत्रकारहरूसँग पछि बोल्ने बताएको भए पनि औपचारिक वार्तामा सीमा विवादबारे कुनै छलफल नभएको देखिएको छ…
Read More
अग्निपीडित परिवारलाई रु दुई लाख सहयोग

अग्निपीडित परिवारलाई रु दुई लाख सहयोग

दाङ, जेठ २९ – तुलसीपुर उपमहानगरपालिकाले आगलागीको घटनामा परी ज्यान गुमाएका दुई जनाका परिवारलाई विपद् राहत कोषबाट जनही रु दुई लाख राहत उपलब्ध गराउने निर्णय भएको छ । उपमहानगरपालिकाकोे ४८औँ कार्यपालिका बैठकले अग्निपीडित परिवारलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले जानकारी दिनुभयो । गत पुस २८ गते आगलागीमा परी ज्यान गुमाएकी तुलसीपुर–१ भमके निवासी ७६ वर्षीया रिमा देवकोटाको परिवार र गत चैत १२ गते आगलागी घटनामा परी ज्यान गुमाएकी तुलसीपुर–७ मोतीपुर निवासी ७२ वर्षीया गुमीकुमारी पौडेलको परिवारलाई जनही रु दुई लाख राहत उपलब्ध गराउने निर्णय भएको हो । नगर प्रमुख टीकाराम खड्काको अध्यक्षतामा बिहीबार बसेको…
Read More
राष्ट्रिय वन क्षेत्रमा रहेका पुराना सालका काठ व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय चितवन

राष्ट्रिय वन क्षेत्रमा रहेका पुराना सालका काठ व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय चितवन

चितवन, जेठ २९ – डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच वर्ष पुराना पाँच हजार २०० क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ । वन ऐन तेस्रो संशोधन, २०७९ ले सालका काठ पाँच वर्ष पुराना, सिसौ दुई वर्ष पुराना र अन्य काठ एक वर्ष पुरानालाई व्यवस्थापन गर्न सकिने अधिकार दिएपछि कार्यालयले पाँच वर्ष पुराना काठ व्यवस्थापनको काम सुरु गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो । सतनचुली सामुदायिक वन र चुम्लिङटारमा रहेका उक्त ‘ए’ ग्रेडका काठबाट प्रतिक्युबिक फिट रु एक हजारदेखि एक हजार २५० सम्म राजस्व सङ्कलन हुनेछ । रासस
Read More
पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

काठमाडौं, जेठ २९ – विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गर्नुभएको छ । मन्त्रीले पुनले सामाजिक सञ्जालमार्फत विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभएको हो । “देशलाई समृद्ध बनाउन नगरीनहुने महत्वपूर्ण कदम हाम्रो मन्त्रालयले चाल्ने छ ।’’, उहाँले भन्नुभएको छ, “ देशको विकास तथा अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने–गराउने भन्ने संस्कार सङ्घीय, प्रदेश र स्थानीय सरकारसहित आम नेपाली जनतालाई सिकाउन निरन्तर लागिरहनेछु ।’’ रासस
Read More
संविधान संशोधन प्रस्तावमा नागरिक समाजको भूमिकाबारे अन्तरक्रिया

संविधान संशोधन प्रस्तावमा नागरिक समाजको भूमिकाबारे अन्तरक्रिया

सुरेश कुमार अधिकारी भरतपुर, जेठ २९- संविधान संशोधन कार्यदलले अघि सारेका विभिन्न प्रस्तावहरूमा नागरिक समाजको भूमिका, जिम्मेवारी र योगदानबारे छलफल गर्न भरतपुरमा अन्तरक्रिया गरिएको छ । साउथ एसिया पार्टनरशिप नेपाल (साप नेपाल) र गैरसरकारी संस्था महासंघ जिल्ला शाखा चितवनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख स्रोत व्यक्ति वरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारीले संविधान संशोधनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै वर्तमान मिश्रित निर्वाचन प्रणाली खर्चिलो, जटिल तथा असान्दर्भिक बन्दै गएको धारणा व्यक्त गर्नुभयो । उहाँले संसद् सदस्यहरूको संख्या घटाउनुपर्ने आवश्यकता औंल्याउँदै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गरिब, उपेक्षित, पिछडिएका तथा लक्षित समुदायका…
Read More
डा. प्रमोदको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

डा. प्रमोदको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

काठमाडौं, जेठ २९- हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन गरिएको छ । नेपालमा अर्थोपेडिक उपचार, ट्रमा म्यानेजमेन्ट र हाडजोनी सम्बन्धी उपचारमा संलग्न चिकित्सकहरुको नयाँ समितिको विहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि घोषणा गरिएको हो । सोसाइटीको संरक्षकमा प्रो.डा. रमेशप्रसाद सिंह रहनुभएको छ । सोसाइटीको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्र के दुवाल श्रेष्ठ, उपाध्यक्ष डा. हेमन्त कुमार गुप्ता, महासचिव डा. विजयन्द्र अधिकारी, कोषाध्यक्ष डा. आलोक पाण्डे, सहसचिव डा. पविन थापा, सह कोषाध्यक्ष डा। सन्जित झा रहनुभएको छ । सदस्यहरुमा डा.सरोज सिं, डा.ओमप्रकाश चौधरी, डा.राजिव झा, डा.तोयाराज भट्ट, डा.ललित चौधरी, डा। सुदिप खनाल र डा.सार्थक नेपाल रहेका छन्…
Read More
चितवनमा हुने रास्वपाको प्रथम महाधिवेशनको तयारी तीव्र

चितवनमा हुने रास्वपाको प्रथम महाधिवेशनको तयारी तीव्र

भरतपुर, जेठ २९- चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी तिव्र पारिएको छ । आगामी असार ७, ८ र ९ गतेका लागि महाधिवेशनको मिति तय गरिएपछि अहिले जिल्लामा महाधिवेशन व्यवस्थापनको काम अघि बढेको छ । रास्वपाले १८ वटा उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको छ । अहिले महाधिवेशनको बन्दसत्र र उद्घाटनस्थल छनोट गर्ने काम भइरहेको रास्वपाका केन्द्रीय सदस्य एवम् आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजक राजन गौतमले जानकारी दिनुभयो । ‘संसद्को ठूलो दल भएकाले देशका विभिन्न ठाउँबाट नेता तथा कार्यकर्ता आउनुहुन्छ । मौसमको प्रतिकुलता हेरेर नारायणी नदी किनार, भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्र र रत्ननगरस्थित पूर्वपश्चिम राजमार्गको आडैमा…
Read More
भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा (सुनसरी), जेठ २८ – सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा भित्रयाइएका रु छ लाख १४ हजार बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न प्रहरी एकाइबाट खटिएको टोलीले बुधबार र बिहिबार सञ्चालन गरेको विशेष अभियानका क्रममा ती अवैध रुपमा भित्रयाइएका सामान बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । जिल्लाका छ वटा स्थानबाट छ लाख १४ हजार बराबरको भन्सार छलीका लत्ताकपडा, किराना सामग्री र सामान ओसारपसारमा प्रयोग भएको एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसमध्ये इनरुवा–१ बाट रु चार लाख २७ हजार मूल्य बराबरको लत्ताकपडा…
Read More
विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ

विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ

काठमाडौँ , जेठ २८- गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए । उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन उपलब्ध भएपनि त्यसको खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनका कारण अत्यन्तै लामो हुने बताए । उनका अनुसार ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ, त्यो ड्रोन आउँदा मनसुन सकिइसक्छ । उनले भने,‘हामीले हेभी लिफ्टिङ ड्रोनमार्फत नेपालमा पहिलोचोटी सिन्धुपाल्चोक र काभ्रेमा ड्रोनमार्फत राहत वितरण गरिएको…
Read More