समर्थन मूल्य नपाउँदा चितवनका चैते धान किसान निराश

समर्थन मूल्य नपाउँदा चितवनका चैते धान किसान निराश

समर्थन मूल्य नपाउँदा चितवनका चैते धान किसान निराश

चितवन , जेठ २७ – चितवनका चैते धान उत्पादक किसानले सरकारले तोकेको समर्थन मूल्य नपाउँदा निराश बनेका छन्। विशेषगरी पूर्वी चितवनको खैरहनीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध अधिकांश किसानले धान बिक्री गर्दा समर्थन मूल्य प्राप्त गर्न सकेका छैनन्। सहकारीका अध्यक्ष रामशरण पाठकका अनुसार करिब एक हजार हेक्टर क्षेत्रफलमा उत्पादन गरिएको चैते धानले समर्थन मूल्य नपाएको हो। भरतपुर महानगरपालिका–२८ स्थित राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले समर्थन मूल्य नपाउँदा किसान आर्थिक रूपमा मारमा परेको बताए। यस वर्ष चितवनमा चैते–५, हर्दिनाथ–१, पिआर र टाइचिन जातका धान गरी करिब नौ हजार हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। कृषि विकास कार्यालय…
Read More
एक दशकदेखि अलपत्र चित्रवन रंगशाला, बजेट अभावले निर्माण सुस्त

एक दशकदेखि अलपत्र चित्रवन रंगशाला, बजेट अभावले निर्माण सुस्त

चितवन , जेठ २७ – भरतपुर–२० नयाँबजारमा निर्माणाधीन चित्रवन फुटबल रंगशाला एक दशक बितिसक्दा पनि अधुरै रहेको छ। १७ हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि १ अर्ब ५३ करोड रुपैयाँको डीपीआर तयार भए पनि पर्याप्त बजेट अभावका कारण कामले गति लिन सकेको छैन। हालसम्म करिब १२०० मिटर पक्की पर्खाल मात्र निर्माण भएको छ भने मुख्य खेल मैदान अझै खेल्नयोग्य बन्न सकेको छैन। गेट नहुँदा मैदानमा चौपाया चरिरहेका छन् र केही भागमा स्थानीयले खेतीसमेत गरिरहेका छन्। स्थानीय जनप्रतिनिधिहरूले संघीय सरकारको पर्याप्त बजेट नआउँदा रंगशाला अलपत्र परेको बताएका छन्। दशरथ रंगशालापछिको वैकल्पिक राष्ट्रिय खेल पूर्वाधारका रूपमा हेरिएको चित्रवन रंगशालाको निर्माण सुस्त हुँदा…
Read More
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

काठमाडौं , जेठ २७ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने एक व्यवसायीले अर्को व्यवसायीलाई विद्युत् बिक्री गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने व्यवस्था गरिएको बताएका छन् । अन्तिम उपभोक्तालाई मात्र प्रभाव पर्ने गरी भ्याट प्रणाली लागू गरिने उनले स्पष्ट पारे । बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले कर प्रणालीलाई सरल, वैज्ञानिक र लगानीमैत्री बनाउन विभिन्न नीतिगत सुधार गरिएको जानकारी दिए । उनका अनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आय हुने करदाताले १ प्रतिशत मात्र आयकर तिरे पुग्नेछ । साथै, आयकरको माथिल्लो दर (मार्जिनल कर दर) ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ । मन्त्री…
Read More
गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

काठमाडौं , जेठ २६ – गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई मन्त्रीले सपथ लिएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले आजै पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । यसअघि सम्पत्ति विवरणसम्बन्धी विषयमा प्रश्न उठेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै सरकारले उक्त विषयमा छानबिन गर्न समिति गठन गरेको थियो। छानबिन समितिले गत शुक्रबार आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेपछि गुरुङलाई…
Read More
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

रौतहट, जेठ २६ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका ५ लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिएका छन् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सोमबार साँझसम्मको बैठकको तथ्याङ्कअनुसार आफैंले आवेदन दिएका र प्रक्रियाबाट आएका गरी संख्या पाँच लाख प्लस भइसकेको बताएका हुन् । पार्टीको १५ औं महाधिवेशनका लागि यसअघि ७ लाख ८ हजार क्रियाशील सदस्यता नवीकरण गरिएको थियो । नवीकरण संख्याको तुलनामा सदस्य घट्नुको कारणबारे स्पष्ट पार्दै थापाले भने, ‘जो साथीहरू अधिवेशनका लागि मात्रै क्रियाशील बन्नुभएको वा बनाइनुभएको थियो, त्यस्ता साथीहरू क्रियाशील सदस्य बनिरहने कुरा नहोस् भन्ने नै हाम्रो चाहना हो । उनले यसपटक कसैले अर्को…
Read More
चितवन उद्योग वाणिज्य संघ र महासंघ बागमती प्रदेशबीच अन्तरक्रिया

चितवन उद्योग वाणिज्य संघ र महासंघ बागमती प्रदेशबीच अन्तरक्रिया

चितवन, जेठ २६– चितवन उद्योग वाणिज्य संघले निजी क्षेत्रका समस्या, वर्तमान बजेटको प्रभाव तथा उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदाधिकारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा निजी क्षेत्रका चुनौती, सम्भावना र आगामी रणनीतिबारे छलफल गरिएको थियो। कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले चितवनको आर्थिक तथा सामाजिक अवस्था र संघका भावी योजनाबारे जानकारी दिँदै निजी क्षेत्रका आवाज सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउन महासंघको भूमिका महत्वपूर्ण हुने बताए। उनले बागमती प्रदेशका आर्थिक सम्भावनाहरू अझै पूर्ण रूपमा उपयोग हुन नसकेको उल्लेख गरे। संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य…
Read More
संघीय सरकारबाट चितवनका सात पालिकालाई झन्डै ५ अर्ब अनुदान, भरतपुरले पाउने २ अर्बभन्दा बढी

संघीय सरकारबाट चितवनका सात पालिकालाई झन्डै ५ अर्ब अनुदान, भरतपुरले पाउने २ अर्बभन्दा बढी

चितवन, जेठ २६– आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले चितवनका सात स्थानीय तहलाई झन्डै ५ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरणअनुसार समानीकरण, सशर्त, विशेष र समपुरक गरी चार प्रकारका अनुदानमार्फत उक्त रकम स्थानीय तहमा पठाइनेछ। चितवनका स्थानीय तहमध्ये भरतपुर महानगरपालिका ले सबैभन्दा बढी २ अर्ब ५ करोड १७ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ। महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले विगतका वर्षको तुलनामा संघीय सरकारबाट प्राप्त हुने बजेट घटेको बताए। उनका अनुसार आन्तरिक राजस्व संकलनमा समेत कमी आएकाले विकास कार्यक्रम सञ्चालनमा चुनौती थपिने देखिएको छ। “संघीय अनुदान घटेको छ, आन्तरिक…
Read More
ब्लड डोनर्स सोसाइटीका उपाध्यक्ष धितालले दिए राजीनामा

ब्लड डोनर्स सोसाइटीका उपाध्यक्ष धितालले दिए राजीनामा

चितवन, जेठ २६– रगतको सहज व्यवस्थापन र जनचेतना फैलाउन खुलेको सामाजिक संस्था ब्लड डोनर्स सोसाइटीमा पछिल्लो समय विवाद बढ्दै गएको छ । विवादकै बीच नेतृत्व चयन गरेको ब्लड डोनर्स सोसाइटी नेपाल केन्द्रीय समितिमा रहेका पदाधिकारीहरुले नै संस्था छाड्न थालेका छन् । संस्थाको उपाध्यक्षमा चयन भएका सामाजिक अभियन्ता सुरेन्द्र धितालले आफ्नो पदीय भूमिकाबाट राजीनामा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै केन्द्रीय उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । पछिल्लो समय संस्था भित्र देखिदै आएको खिचातानी, आरोप प्रत्यारोप र निस्वार्थ भावनाले सेवा गर्ने व्यक्तिहरु प्रति गरिएका अपमानजनक व्यवहारका कारण राजीनामा दिएको धितालले बताए । उनले लेखेका छन्–‘विगत…
Read More
चितवनमा लगाइएको चैते धानमा ‘नेक ब्लास्ट’ रोगको सङ्क्रमण

चितवनमा लगाइएको चैते धानमा ‘नेक ब्लास्ट’ रोगको सङ्क्रमण

नारायणगढ (चितवन), जेठ २६ – चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा (नेक ब्लास्ट) रोगको सङ्क्रमण देखिएको छ । बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्त्याएको कृषि विकास कार्यालय चितवनले जनाएको छ । कार्यालय प्रमुख झलकनाथ कँडेलले जिल्लाको राप्ती, खैरहनी, रत्ननगरलगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको सङ्क्रमण देखिएको बताउनुभयो । “यस वर्षको असामान्य मौसमका कारण रोग फैलिएको हुनसक्छ”, उहाँले भन्नुभयो, “केही दिन परेको वर्षा, रातिको चिसो र दिउँसोको तातोका कारण तापक्रममा उतारचढाव आयो । यस्तो अवस्था ढुसी फैलिन अत्यन्त अनुकूल हुन्छ ।” कार्यालय प्रमुख कँडेलका अनुसार नेक ब्लास्ट मुख्यतः बीउबाट…
Read More
बासी तथा सडेगलेको खाना खाजा खुवाउने भरतपुरको शिव शम्भु मिष्ठान्न भण्डार चितवन प्रशासनले बन्द गर्‍यो

बासी तथा सडेगलेको खाना खाजा खुवाउने भरतपुरको शिव शम्भु मिष्ठान्न भण्डार चितवन प्रशासनले बन्द गर्‍यो

चितवन, जेठ २६ – चितवनको भरतपुर महानगरपालिका–१० स्थित शिव शम्भु मिष्ठान्न भण्डारलाई बासी तथा सडेगलेका खाद्य पदार्थ उपभोक्तालाई खुवाएको भन्दै बन्द गराइएको छ। भरतपुर महानगरपालिकाको बजार अनुगमन टोलीले यसअघि उक्त मिष्ठान्न भण्डारलाई जरिवाना गर्दै सुधारका लागि निर्देशन दिएको थियो। साथै, पटक–पटक मौखिक रूपमा सावधानी अपनाउन र खाद्य स्वच्छताका मापदण्ड पालना गर्न सचेत गराइएको भए पनि व्यवसायीले निर्देशनको पालना नगरेको अनुगमन टोलीले जनाएको छ। उपभोक्तालाई बासी तथा सडेगलेका खाजा तथा खाना खुवाइरहेको गुनासो आएपछि आज प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त अनुगमन टोलीले आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा पहिले देखिएका कमजोरीहरू पुनः दोहोरिएको र खाद्य सामग्रीको गुणस्तर तथा सरसफाइमा गम्भीर लापरबाही भेटिएको…
Read More