ठूलो झण्डा बोक्ने बुबा चन्द्रकान्तलाई सम्झदैं काँग्रेस
चितवनः बि. सं. २०६२/०६३ को आन्दोलनमा राजधानी काठमाडौंका सडकमा मान्छेको हुलको बिचमा ठूलो झण्डा फहराउँदथ्यो । धेरैका हातमा झण्डा थिए । तिनका बिचमा फहरीएको ठूलो झण्डा बोक्ने व्यक्ति चितवनका चन्द्रकान्त न्यौपाने हुनुहुन्थ्यो । राजतन्त्रको बिरुद्धमा चितवनका सडकमा आन्दोलन चर्काउँदै न्यौपाने थप आन्दोलनका लागि काठमाडौं पुग्नुभएको थियो । त्यतिबेला मात्र होईन बि. सं. २०३६ साल यताका सबै आन्दोलनमा ठूलो झण्डा बोकेर प्रजातन्त्रका लागि उहाँ अनबरत लाग्नुभयो । उहाँका कान्छा छोरा बुद्धिकान्त न्यौपानेका अनुसार बि. सं. २०३६ सालमा बिपि कोईराला क्याम्पाचौरमा आउने कार्यक्रममा तत्कालिन सत्तापक्षले कार्यक्रम बिथोल्न साँडेलाई पेट्रोल छर्किएर छाड्दा साँडेले कुल्चिएर घाईते हुनुभएकी चन्द्रकान्तका आमा हरिमायाँको पछि मृत्यु भएको थियो…