संविधान संशोधन प्रस्तावमा नागरिक समाजको भूमिकाबारे अन्तरक्रिया
सुरेश कुमार अधिकारी भरतपुर, जेठ २९- संविधान संशोधन कार्यदलले अघि सारेका विभिन्न प्रस्तावहरूमा नागरिक समाजको भूमिका, जिम्मेवारी र योगदानबारे छलफल गर्न भरतपुरमा अन्तरक्रिया गरिएको छ । साउथ एसिया पार्टनरशिप नेपाल (साप नेपाल) र गैरसरकारी संस्था महासंघ जिल्ला शाखा चितवनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख स्रोत व्यक्ति वरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारीले संविधान संशोधनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै वर्तमान मिश्रित निर्वाचन प्रणाली खर्चिलो, जटिल तथा असान्दर्भिक बन्दै गएको धारणा व्यक्त गर्नुभयो । उहाँले संसद् सदस्यहरूको संख्या घटाउनुपर्ने आवश्यकता औंल्याउँदै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गरिब, उपेक्षित, पिछडिएका तथा लक्षित समुदायका…