चित्रसारी पुलबाट सौराहा सौन्दर्यकरणको सुरुवात
रत्ननगर । रत्ननगरको चित्रसारी पुलबाट पर्यटकीय नगरी सौराहाको सौन्दर्यकरणको काम सुरु गरिएको छ । रत्ननगर नगरपालिका र रेवान सौराहाको सहकार्यमा उक्त काम सुरु गरिएको हो । गन्तव्य अबलोकनका लागि आएका पर्यटकलाई सौराहा आइपुगेको अनुभूति दिलाउन चित्रसारी फुलबाट सौन्दर्यकरणको काम सुरु गरिएको रेवान सौराहाका अध्यक्ष धु्रव गिरीले जानकारी दिए । रत्ननगरका मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच पुलमा सजीसजाउ गरिएको उक्त कामको उद्घाटन गरेका हुन् । चित्रसारी पुललाई सजावट गरी गैंडा, हात्ती र बाघको प्रतिमा निर्माण गरिएको छ । झिलिमिली बत्ती सहित पुलमै गमलामा पुल राखिएको छ । रत्ननगर नगरपालिकाको ७ लाख र रेवान सौराहाको तीन लाख गरी १० लाखको…