रत्ननगरका सात जना सेवा निबृत्त कर्मचारीलाई सम्मान

received_7838229336298040

रत्ननगर । रत्ननगर नगरपालिकाले सेवा निवृत्त भएका सात जना कर्मचारीलाई कदर पत्रसहित बिदाइ गरेको छ ।

संस्थागत क्षमता विकास तथा सुशासन समितिका संयोजक कलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सात जना कर्मचारीलाई बिदाइ गरिएको हो ।

सम्मानित हुनेहरुमा पशु विकास अधिकृत शालिकराम पौडेल, शिक्षा शाखाका अधिकृत राजेन्द्रप्रसाद अर्याल, जयन्तीदेवी रानाभाट, कुमारी राधा चौधरी, नगर प्रहरी नामब निरीक्षक हिमाल खड्का, सरसफाइकर्मी गोमादेवी घर्ती र चिजामाया दमै रहेका छन् ।

सबै कर्मचारीलाई कदर पत्रसहित बिदाइ गरिएको थियो भने सरसफाइकर्मी दमैलाई नगद ५० हजार रुपैयाँसहित बिदाइ गरिएको हो ।

३८ वर्ष निजामती सेवा गरी अवकाश भएका पशु विकास अधिकृत पौडेलले आफूले चितवनका हरेक वडामा पुगेर किसानका समस्या समाधान गरेको स्मरण गर्दै सरकारी सेवा कालमा कोही कसैसँग अनुचित कार्य नगरेको बताए । सेवा कालपश्चात् समाजसेवामा सक्रिय हुने उनले बताए ।

यस्तै २०५५ साउन ४ देखि सरकारी सेवामा प्रवेश गरी २०७४ असोज २ देखि रत्ननगरमा समायोजन भई १० महिना शिक्षा शाखाको प्रमुख भई काम गरेको र रत्ननगरको शिक्षा क्षेत्रमा नमुना कार्य गरेको अनुभव उनले सुनाए । रत्ननगरले आवश्यक ठाने आफ्नो अनुभव र ज्ञान सधैँ दिन तत्पर रहेको बताए ।

प्रशासन शाखाका प्रमुख सविता अर्यालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रलाद सापकोटाले कर्मचारीलाई जनप्रतिनिधिले शासन होइन व्यवस्थापन गर्दै समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । कर्मचारीलाई सम्मान गर्दै नगरलाई सुशासनमा अगाडि बढाउन र जनतालाई सेवा प्रदान गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल , वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

ताजा समाचारहरुः

रत्ननगरका सात जना सेवा निबृत्त कर्मचारीलाई सम्मान

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

रत्ननगरका सात जना सेवा निबृत्त कर्मचारीलाई सम्मान

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

रत्ननगरका सात जना सेवा निबृत्त कर्मचारीलाई सम्मान

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

रत्ननगरका सात जना सेवा निबृत्त कर्मचारीलाई सम्मान

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

रत्ननगरका सात जना सेवा निबृत्त कर्मचारीलाई सम्मान

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

रत्ननगरका सात जना सेवा निबृत्त कर्मचारीलाई सम्मान

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

रत्ननगरका सात जना सेवा निबृत्त कर्मचारीलाई सम्मान

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी