समर्थन मूल्य नपाउँदा चितवनका चैते धान किसान निराश
चितवन , जेठ २७ – चितवनका चैते धान उत्पादक किसानले सरकारले तोकेको समर्थन मूल्य नपाउँदा निराश बनेका छन्। विशेषगरी पूर्वी चितवनको खैरहनीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध अधिकांश किसानले धान बिक्री गर्दा समर्थन मूल्य प्राप्त गर्न सकेका छैनन्। सहकारीका अध्यक्ष रामशरण पाठकका अनुसार करिब एक हजार हेक्टर क्षेत्रफलमा उत्पादन गरिएको चैते धानले समर्थन मूल्य नपाएको हो। भरतपुर महानगरपालिका–२८ स्थित राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले समर्थन मूल्य नपाउँदा किसान आर्थिक रूपमा मारमा परेको बताए। यस वर्ष चितवनमा चैते–५, हर्दिनाथ–१, पिआर र टाइचिन जातका धान गरी करिब नौ हजार हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। कृषि विकास कार्यालय…