कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी
गलकोट, २८ भदौ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त हुनुहुन्छ । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाउनुभएका थापाले १५ महिनामा फल टिप्न थालेको बताउनुभयो । कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उहाँ दङ्ग पर्नुभएको छ । पन्ध्र रोपनी जग्गामा रु २० लाख लगानी गरेर थाल्नुभएको ड्रागन फ्रुटखेतीबाट हालसम्म एक हजार दुई सय केजी उत्पादन भइसकेको उहाँले बताउनुभयो । उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती फलफूलमध्येकै सबैभन्दा सजिलो खेती रहेको अनुभव सुनाउनुभयो । छोटो समयमै चार लाखभन्दा धेरै…