कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

गलकोट, २८ भदौ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त हुनुहुन्छ । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाउनुभएका थापाले १५ महिनामा फल टिप्न थालेको बताउनुभयो । कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उहाँ दङ्ग पर्नुभएको छ । पन्ध्र रोपनी जग्गामा रु २० लाख लगानी गरेर थाल्नुभएको ड्रागन फ्रुटखेतीबाट हालसम्म एक हजार दुई सय केजी उत्पादन भइसकेको उहाँले बताउनुभयो । उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती फलफूलमध्येकै सबैभन्दा सजिलो खेती रहेको अनुभव सुनाउनुभयो । छोटो समयमै चार लाखभन्दा धेरै…
Read More
सकसपूर्ण मुक्तिनाथ यात्रा : बाढी, कटान र पहिरोको चुनौती

सकसपूर्ण मुक्तिनाथ यात्रा : बाढी, कटान र पहिरोको चुनौती

म्याग्दी,२८ भदौ । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ । पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मुस्ताङमा तीर्थयात्रीसहित आर्थिक वर्ष २०८०–८१ सडकमार्ग भएर चार लाख २७ हजार पाहुना भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । पृथक भूबनोट, ताल, गुफा, गुम्बा, धार्मिकस्थल, स्याउ बगैँचा, जनजीवन, रहनसहन र संस्कृतिले पर्यटक लोभ्याइरहेको मुस्ताङ पुग्न भने सहज छैन । भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरलानाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्ड मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक हो ।…
Read More
मुग्लिङ–पोखरा सडक विस्तारमा ढिलाइ, काम सक्न कम्तीमा डेढ वर्ष लाग्ने

मुग्लिङ–पोखरा सडक विस्तारमा ढिलाइ, काम सक्न कम्तीमा डेढ वर्ष लाग्ने

लेखनाथ, २८ भदौ। पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिङ सडक स्तरोन्नति सक्न अझै कम्तीमा डेढ वर्ष लाग्ने देखिएको छ । पूर्वी र पश्चिमी गरी दुई खण्डमा यो सडक स्तरोन्नति भइरहेको छ । पूर्वी खण्डको म्याद आगामी सोमबारसम्म छ भने पश्चिमी खण्डको म्याद यही भदौमा १०१ दिन थपिएको छ । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा गण्डकी आर्थिक त्रिभुज परियोजना त प्रभावित बन्ने छ नै, पोखरा आउने यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य छन् । पर्यटन राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँ र देशको पूर्वी क्षेत्रसँग जोड्ने यो सडकको काम ढिलो हुँदा सर्वसाधारणले बारम्बार गुनासो गर्दै आएका छन् । केही दिनअघि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरोकारवालासँग छलफल…
Read More
सरकारको निर्णयः धरहरा असोज ३ गतेदेखि खुलाउने, लगानी बोर्डको सीईओमा ज्ञवाली

सरकारको निर्णयः धरहरा असोज ३ गतेदेखि खुलाउने, लगानी बोर्डको सीईओमा ज्ञवाली

काठमाडौँ,२८ भदौ । सरकारले सुन्धाराको धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असोज ३ गतेदेखि अस्थायी रूपमा धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। २०७२ को भूकम्पले भत्किएपछि यहाँ नयाँ धरहरा निर्माण गरिएको हो। पुरानो धरहराको भग्नावशेष संरक्षण गरेर राखिएको छ। यस्तै मन्त्रिपरिषद्‍ बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मा सुशील ज्ञवालीलाई नियुक्त गरेको पनि ती मन्त्रीले जानकारी दिए।
Read More
सरकारले आज पलेशालाई ६५ लाख दिँदै

सरकारले आज पलेशालाई ६५ लाख दिँदै

काठमाडौं,२८ भदौ । सरकारले आज पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार आज एक कार्यक्रममा बीच उनलाई हस्तान्तरण गर्ने भएका छन्। पलेशाले कर नकाटी उक्त रकम दिन लागेको हो। आज बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पलेशासहित प्रशिक्षलाई पनि उक्त पुरस्कार हस्तान्तरण गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के-४४ वर्ग अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्। पारा ओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन्।
Read More
सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित

सुशासनमा उत्कृष्ट रत्ननगरका मेयर सापकोटा सम्मानित

रत्ननगर। स्थानीय सरकारको संस्थागतक्षमता स्वमुल्याङ्कनमा उत्कृष्ट बनाउन नेतृत्व गरेका रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा सम्मानित भएका छन् । नेपालीकाँग्रेस स्थानीयतह समन्वय समितिले मेयर सापकोटाको नेतृत्वको उच्चकदर गर्दै सम्मान गरेको हो । पार्टी केन्द्रीयकार्यालय सानेपामा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् । काँग्रेसबाट निर्वाचित भएका सापकोटाले देशभरमै उत्कृष्ट काम गरेको मुल्याङकन गरेर सम्मान गरिएको काँग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह समन्वय विभागका संयोजक मधु आचार्यले बताए । बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँरनगरपालिकालाई सम्मान गरेको हो । स्थानीय सरकरको नेतृत्वमा पुगेर पार्टीको गौरव बढाएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले सापकोटाको प्रसंसा गरेका थिए ।…
Read More
प्रेस चाैतारीमा अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेको भन्दै महासंघकाे आपती

प्रेस चाैतारीमा अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेको भन्दै महासंघकाे आपती

काठमाडाैं । प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ। त्यस्तै, प्रेस चौतारी नेपालले पनि बस्नेतमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै भर्त्सना गरेको छ। बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीवार अपरान्ह काठमाडौंबाट नियन्त्रणमा लिने प्रयास गरेको थियो। महासंघले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचारप्रति उजुरी या गुनासो सुन्ने निकाय प्रेस काउन्सील भएको उल्लेख गरेको छ। महासंघका महासचिव रोशन पुरीले ‘प्रेस काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको’ उल्लेख गर्दै ‘प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गरेको’ बताएका छन्। एक महिलाले आफ्नो चरित्र…
Read More
ठूलो झण्डा बोक्ने बुबा चन्द्रकान्तलाई सम्झदैं काँग्रेस

ठूलो झण्डा बोक्ने बुबा चन्द्रकान्तलाई सम्झदैं काँग्रेस

चितवनः बि. सं. २०६२/०६३ को आन्दोलनमा राजधानी काठमाडौंका सडकमा मान्छेको हुलको बिचमा ठूलो झण्डा फहराउँदथ्यो । धेरैका हातमा झण्डा थिए । तिनका बिचमा फहरीएको ठूलो झण्डा बोक्ने व्यक्ति चितवनका चन्द्रकान्त न्यौपाने हुनुहुन्थ्यो । राजतन्त्रको बिरुद्धमा चितवनका सडकमा आन्दोलन चर्काउँदै न्यौपाने थप आन्दोलनका लागि काठमाडौं पुग्नुभएको थियो । त्यतिबेला मात्र होईन बि. सं. २०३६ साल यताका सबै आन्दोलनमा ठूलो झण्डा बोकेर प्रजातन्त्रका लागि उहाँ अनबरत लाग्नुभयो । उहाँका कान्छा छोरा बुद्धिकान्त न्यौपानेका अनुसार बि. सं. २०३६ सालमा बिपि कोईराला क्याम्पाचौरमा आउने कार्यक्रममा तत्कालिन सत्तापक्षले कार्यक्रम बिथोल्न साँडेलाई पेट्रोल छर्किएर छाड्दा साँडेले कुल्चिएर घाईते हुनुभएकी चन्द्रकान्तका आमा हरिमायाँको पछि मृत्यु भएको थियो…
Read More
रत्ननगरमा भोलीदेखि वडालिग फुटबल प्रतियोगिता सुरु हुँदै

रत्ननगरमा भोलीदेखि वडालिग फुटबल प्रतियोगिता सुरु हुँदै

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारदेखि दोस्रो वडा लिग फुटबल प्रतिगोगिता सुरु हुँदै छ । रत्ननगर नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको समन्वयमा रत्ननगर वडा नं ८ स्थित बाघमारा खेल मैदानमा प्रतियोगिता हुने छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र भोली मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्ने खेलकुद विकास समितिका संयोजक तथा वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । पहिलो वडा लिग प्रतियोगिता पनि गतबर्ष सोही खेलमैदानमा भएको थियो । केही समयपछि हुने रत्ननगर मेयरकप फुटबल प्रतियोगिताका लागि खेलाडी छनोट गर्न र खेलकुदको विकासको लागि प्रतियोगिता आयोजना गरिएको संयोजक चौधरीले बताए…
Read More
रत्ननगर उवासंघमा महिला उद्यमीलाई उद्घोषणकला तालिम सुरु

रत्ननगर उवासंघमा महिला उद्यमीलाई उद्घोषणकला तालिम सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा महिला उद्यमीहरुको लागि क्षमता अभिवृद्धि तथा उद्घोषणकला तालिम सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघले उद्यमी महिलाहरुको क्षमता तथा नेतृत्व विकासका लागि दुई दिने तालिम सुरु गरेको हो । उद्यमशिलता विकासमा सक्रिय रहेर सामाजिक संघसंस्थाहरुमा समेत अगुवाई गरिरहेका ६० जना उद्यमी महिलाहरुको तालिममा सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले महिलाहरुको क्षमता अभिवृद्धि गर्न तथा नेतृत्व विकासको लागि तालिमको आयोजना गरिएको भन्दै महिलाहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै उत्कृष्ट र उदाहरणीय बन्नको लागि आग्रह गरे । पत्रकार रामकान्त पौडेलले सहजीकरण गर्ने तालिमको उद्घाटन सत्रमा रत्ननगर उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र आचार्य,…
Read More