१९दिनमा पनि प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको विपक्षीले पाएन जवाफ

१९दिनमा पनि प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको विपक्षीले पाएन जवाफ

१९दिनमा पनि प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको विपक्षीले पाएन जवाफ

काठमाडौं, असार ४- नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्रीले दिनुभएको नेपाल–भारत सीमासम्बन्धी हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसदमा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि १९ दिन बितिसक्दा पनि कुनै आत्मालोचना नआएको बताउँदै देश र जनतालाई हेपेको टिप्पणी गरे । उनले भने,‘प्रधानमन्त्रीज्यूले जे कुरा अभिव्यक्त गर्नुभयो, आज १९ दिन भयो उहाँले संसदमा आएर यसको विषयमा मंैले गल्ती गरे भन्नुभएको छैन । देशलाई हेप्नुभयो । तीन करोड नेपाली जनतालाई हेप्नुभयो । राष्ट्रविरुद्ध बोल्नुभयो । प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो । त्यसैले प्रधानमन्त्री संसदमा आएर यसविषयमा स्पष्ट पार्नुपर्छ ।’ त्यसैगरी, उनले कर छली गरेर भित्र्याइएका बीवाईडी…
Read More
प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ, असार ४ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८३ पारित गर्ने सम्भावित कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयक, २०८३ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा तथा खेलकुद, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ र परराष्ट्र मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ । यस्तै अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,…
Read More
चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन, स्थल निर्माण कार्यले लियो गति

चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन, स्थल निर्माण कार्यले लियो गति

नारायणगढ (चितवन), असार ४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटनस्थल निर्माण तीव्र गतिमा थालिएको छ । भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको काम तीव्र पारिएको हो । उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागिएको छ । डोमको छानो विशेष वाटरप्रुफ टेन्साइल फेब्रिकबाट तयार गरिनेछ, जसले घाम, पानी र हावाको प्रभावबाट सहभागीलाई सुरक्षित राख्ने जनाइएको छ । मिडिया स्पेस सोलुसन काठमाडौँले सो काम गरिरहेको छ । कम्पनीका प्रबन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा…
Read More
नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

मुग्लिन (चितवन), असार ४- नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो । सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।रासस
Read More
रास्वपा महाधिवेशनमा आउने  पाहुनाको सम्मानमा छुट

रास्वपा महाधिवेशनमा आउने पाहुनाको सम्मानमा छुट

चितवन, असार ३- चितवनस्थित होटल व्यवसायीले पाहुनाको सम्मानमा कुनै पनि प्रकारका कमी हुन नदिने बताएका छन् । सत्तारुढ दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा आउने प्रतिनिधि र पर्यवेक्षक पाहुनाको सम्मानमा होटल व्यवसायी र क्षेत्रीय होटल सङ्घ चितवनले सम्मानमा कुनै कमी हुन नदिने बताएका हुन् । आगामी असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा सो दलको प्रथम महाधिवेशन हुनगइरहेको छ । सो महाधिवेशन आउने अतिथिहरुका सम्मानमा कुनैपनि प्रकारको कमी हुन नदिन यहाँस्थित होटल व्यवसायीले सक्रियता देखाएका छन् । होटल व्यवसायि सङ्घ चितवनका अध्यक्ष ऋषिकेश अर्यालले यहाँ आयोजना हुन गइरहेको रास्वपाको प्रथम केन्द्रीय महाधिवेशनमा आउने पाहुनाका लागि आवासमा २५…
Read More
रास्वपा महाधिवेशनः राजनीतिसँगै पर्यटनको सङ्गम बन्दै चितवन

रास्वपा महाधिवेशनः राजनीतिसँगै पर्यटनको सङ्गम बन्दै चितवन

चितवन, असार ३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन भरतपुरमा हुँदैछ । यही असार ७, ८ र ९ गते भरतपुरमा हुने रास्वपाको महाधिवेशनले राजनीतिक नेतृत्व मात्रै चयन गर्दैन, यहाँको पर्यटन र व्यापार व्यवसायको प्रवद्र्धन समेत गर्नेछ । महाधिवेशनमा आउने प्रतिनिधि, पर्यवेक्षक र पाहुनाले जिल्लाका होटल भरिभराउ हुनेछन् भने रेष्टुरेन्ट र स्थानीय उत्पादनको खपत बढ्नेछ । महाधिवेशनमा देशका बाँकी ७६ जिल्ला र विदेशबाट प्रतिनिधि एवं पर्यवेक्षक तथा अतिथिहरु आउँदैछन् । महाधिवेशनले मुख्य रुपमा यहाँको पर्यटकीय गन्तव्यलाई देशभर र विदेशमा चिनाउने सरोकारवालाहरुको विश्वास छ । पूर्वी चितवनको रत्ननगरमा रहेको होटल स्टारका सञ्चालक भेषराज दुवाडी आफूले १५ राष्ट्रियस्तरका कार्यक्रम होटलमा गर्दा यसको…
Read More
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री

काठमाडौं, असार ३ – अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्न नसक्ने भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र कर प्रणाली सुधारमार्फत आर्थिक गतिविधि विस्तार गर्ने नीति लिएको बताएका छन् । आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारिएको बताए । उनले भने, ‘निजी क्षेत्रलाई उत्साहित नगरीकन यो अर्थतन्त्र अगाडि जाँदैन भन्ने हाम्रो पार्टीको अर्थ–राजनीतिक दर्शनअनुसार नै धेरै कुरा गरेको हो । यसमा कसैले लबिङ गरेर, मागेर होइन । खुलेर आउँ, ट्याक्स…
Read More
सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो

सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो

काठमाडौं, असार ३ – सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्टसँग साझेदारी देखिएपछि राजीनामा दिएका सुधन गुरुङ फेरि गृह मन्त्रालय फर्किएको पनि ९ दिन भइसकेको छ । वैशाख ९ मा राजीनामा बुझाएका गुरुङ जेठ २६ मा गृहमा फर्किएका थिए । तर, गुरुङमाथि प्रश्न उठेपछि बनेको छानबिन समितिले बुझाएको प्रतिवेदन गुपचुप थन्क्याइएको छ । भट्टको कम्पनी लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा छानबिन गर्न मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले छानबिन गरेर जेठ २२ मा प्रतिवेदन बुझायो । जेठ २६ मा मन्त्रिपरिषद्ले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको थियो…
Read More
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः मन्त्री तिमिल्सिना

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छः मन्त्री तिमिल्सिना

काठमाडौं, असार ३ – सूचना तथा सञ्‍चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे । मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतामाथि कसैले कुनै कदम उठाएको भए सरकारले त्यसविरुद्ध आवश्यक कारबाही गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले पत्रकारहरूको हकहित संरक्षणका लागि स्थापना भएका संस्था तथा संगठन खारेज गर्ने प्रयास अन्तर्राष्ट्रिय श्रम तथा प्रेस स्वतन्त्रतासम्बन्धी मान्यताविपरीत भएको भन्ने विषयमा आफू स्पष्ट हुन नसकेको बताए । उनले भने, ‘सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ । सरकार प्रेस…
Read More
प्रदर्शनी केन्द्रमा रास्वपा महाधिवेशन गर्न लागिएको तयारीप्रति चितवन कांग्रेसले उठायो वैधानिकताको प्रश्न

प्रदर्शनी केन्द्रमा रास्वपा महाधिवेशन गर्न लागिएको तयारीप्रति चितवन कांग्रेसले उठायो वैधानिकताको प्रश्न

चितवन, असार ३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि चितवन उद्योग संघको प्रदर्शनी केन्द्र प्रयोग गर्ने तयारीप्रति नेपाली कांग्रेस चितवनले प्रश्न उठाएको छ । रास्वपाले आगामी असार ७ गते चितवनको गेष्ट हाउस चौरमा महाधिवेशन उद्घाटन गरी बन्दसत्र चितवन उद्योग संघको व्यवस्थापनमा रहेको प्रदर्शनी केन्द्रमा सञ्चालन गर्ने तयारी गरेपछि कांग्रेस चितवनले यसको औचित्य र वैधानिकतामाथि प्रश्न उठाएको हो । नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जारी गरेको विज्ञप्तिमा चितवन उद्योग संघ विशुद्ध औद्योगिक तथा व्यावसायिक संस्था भएकाले यसको प्रदर्शनी केन्द्रमा दलगत कार्यक्रम सञ्चालन गर्नु विधि, पद्धति र स्थापित परम्पराविपरीत हुन सक्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल…
Read More