भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो
काठमाडौँ, भदौ १४- भारतले नेपालको बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका लागि थप सहयोग उपलब्ध गराएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन्। विदेशमन्त्री जयशंकरले आइतबार बिहान सामाजिक सञ्जालमार्फत नेपालको राहत र उद्धार प्रयासहरूमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। भारतीय वायुसेनाको सी-१३० विमानमार्फत विपद् व्यवस्थापन र उद्धारका लागि खोजी तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहितको सुरुङ (टनेल) प्राविधिक टोली पनि नेपाल आइपुगेको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको छ । त्यस्तै, डीएनए विश्लेषण गर्नका लागि आवश्यक उपकरणसहितको फरेन्सिक विशेषज्ञहरूको टोली पनि…