चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
काठमाडौँ, असार ३० – जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ । सोमबार बिहान ८ः४५ बजेदेखि आज बिहान ८ः४५ बजेसम्म ३३५ वटा वर्षा मापन केन्द्रहरु (मानव सञ्चालितः ४५ र स्वचालितः २९०) मा वर्षा मापन गरिएको छ । जसअनुसार गत २४ घण्टामा २४३ वटा केन्द्रमा वर्षा भएको छ । केन्द्रहरूमध्ये सबैभन्दा बढी वर्षा (३१९.८ मि मि) चितवन जिल्लाको नारायणी फिल्ड अफिस केन्द्रमा मापन भएको छ । सोही केन्द्रका आसपासका तीन वटा केन्द्रहरूमा २०० मिमीभन्दा बढी वर्षा भएको छ भने देशभरि १०० मिमीभन्दा बढी वर्षा २३ वटा केन्द्रहरूमा…