नारायणगढ–हेटौंडा खण्ड स्तरोन्नति हुँदैः टिकौलीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
चितवन,भदौं ३१- चितवनको टिकौली जंगलमा सडक दुर्घटनाबाट वन्यजन्तु जोगाउने उद्देश्यले करिब २ किलोमिटर लामो फ्लाइओभर-भायाडक्ट निर्माण हुने भएको छ । पूर्व–पश्चिम राजमार्गको हेटौंडा–नारायणगढ खण्ड स्तरोन्नतिको योजनाअन्तर्गत टिकौली जंगलमा सवारीसाधन माथिबाट र वन्यजन्तु तलबाट आवतजावत गर्न सक्ने गरी फ्लाइओभर निर्माण गर्न लागिएको हो । यसका लागि सडक विभागअन्तर्गत आयोजना निर्देशनालय (एडीबी) ले हेटौंडाको राप्तीपुलदेखि भरतपुरको गोद्राङसम्मको करिब ७० किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिका लागि ग्लोबल टेण्डर आह्वान गरेको छ । लामो समयदेखि दुई लेनमा सञ्चालन हुँदै आएको यो सडक अब चार लेनमा विस्तार गर्न लागिएको छ । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा सञ्चालन हुने आयोजनाको…