पत्रकार देउजा सवार कार र मोटरसाइकल ठक्करबारे चितवन प्रहरीले निकाल्यो विज्ञप्ती,भन्योः कार चालकले मादक पदार्थ सेवन गरेको भन्ने हल्ला निराधार
चितवन, असार ४- भरतपुर महानगरपालिका–१५ कान्छीचोकमा मोटरसाइकल र कार एकापसमा ठोक्किँदा तीन जना घाइते भएको घटनाबारे सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका केही सूचनाप्रति जिल्ला प्रहरी कार्यालय चितवनले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीका अनुसार जेठ २८ गते राति करिब १२ः३० बजे सुर्यनगरबाट कान्छीचोकतर्फ आउँदै गरेको मोटरसाइकल र चनौलीबाट गीतानगरतर्फ जाँदै गरेको कार ठोक्किँदा दुर्घटना भएको थियो । घटनापछि घाइते तीन जनालाई उपचारका लागि भरतपुरस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि कार चालक फुलमाया देउजालाई इलाका प्रहरी कार्यालय चनौलीको टोलीले नियन्त्रणमा लिएर परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको नदेखिएको प्रहरीको विज्ञप्तीमा उल्लेख छ । सो कारमा पत्रकार सन्तोष देउजा पनि…