चिनियाँ राजदूत भन्छन्- नेपालतर्फ गएको भूकम्पका कारण पहिरो गयो
काठमाडौँ, भदौ ११ – नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पका कारण सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्। नेपालको सरकारी टेलिभिजन ‘एनटिभी वर्ल्ड’ सँगको अन्तर्वार्तामा राजदूत चाङले उक्त कुरा बताएका हुन् । नेपालस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति चीनले गहिरो समवेदना प्रकट गरेको छ। राजदूत चाङका अनुसार हालसम्म उपलब्ध प्रारम्भिक जानकारीले विपद्को दिन बिहान नेपालतर्फ भूकम्प गएको देखाएको छ। भूकम्पका कारण हिमपहिरो र त्यसलगत्तै लेदोसहितको बाढी आएको थियो। यस प्राकृतिक घटनाले केरुङ–रसुवागढी सीमा क्षेत्रको नेपाल र चीन दुवैतर्फ…