चितवन, भदौ १८–
भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले स्टाफ नर्स पदका लागि कर्मचारी माग गरेको छ। अस्पतालले आवश्यक संख्यामा स्टाफ नर्स नियुक्त गर्न आवेदन आह्वान गरेको हो।
अस्पतालले सार्वजनिक गरेको सूचना अनुसार उक्त पदका लागि बीएससी नर्सिङ, बीएन वा पीसीएल नर्सिङ उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, आवेदक नेपाल नर्सिङ काउन्सिल (एनएनसी) मा दर्ता भएको हुनुपर्ने जनाइएको छ। उम्मेदवारसँग एकदेखि दुई वर्षसम्मको कार्यअनुभव भएमा प्राथमिकता दिइनेछ। यद्यपि, अस्पतालले नयाँ (फ्रेसर) उम्मेदवारलाई समेत आवेदन दिन प्रोत्साहित गरेको छ।
सीएमएस शिक्षण अस्पतालले स्टाफ नर्स पदका लागि मासिक ३४ हजार ७३० रुपैयाँ तलब उपलब्ध गराउने जनाएको छ। आवेदन दिन इच्छुक योग्य उम्मेदवारले अस्पतालको मानव संसाधन विभागको इमेल hr@cmsnepal.edu.np मार्फत सम्पर्क गर्न सक्नेछन्। थप जानकारीका लागि ९७६८७०१४९९ नम्बरमा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ।
नेपालका अग्रणी चिकित्सा शिक्षा संस्थामध्ये एक तथा अति विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको सीएमएस शिक्षण अस्पतालले योग्य स्वास्थ्यकर्मीलाई आफ्नो टोलीमा आबद्ध भएर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा योगदान गर्न आह्वान गरेको छ।