काठमाडौं , भदौ १७-
रसुवा बाढीका कारण बेपत्ता रहेका आफन्तको आशा मारेका परिवारजनले काँस-कुशबाट शवको प्रतीमा बनाएर सामूहिक अन्त्येष्टि गरिरहेका छन् ।
बुधबार दर्जनौं काँस-कुशका शवहरूको पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । बेपत्ताका परिवारजन र आफन्तले हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्दा पशुपति आर्यघाटमा बाक्लो भीड छ । उनीहरूले बेपत्ता आफन्तलाई सम्झिँदाको दृश्य निकै कारुणिक पनि देखिएको छ ।

