आज सुनको मूल्य ८ हजार ८ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

gold-silver

काठमाडौँ, भदौ १७-

नेपाल बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) प्रतितोला तीन लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज (बुधबार) ८ हजार ८ सय रुपैयाँले घटेर दुई लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चाँदी चार हजार ७ सय ६५ रुपैयाँ रहेकोमा बुधबार १८५ रुपैयाँले घटेर चार हजार ५ सय ८० रुपैयाँ कायम भएको छ।