भरतपुर, भदौ १५ –
बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ब्रान्डेड अटोमोबाइल्स प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ।
चितवन र नवलपुरका लागि SML Isuzu, Dongfeng, Kama तथा Forthing Friday का आधिकारिक डिलरका रूपमा भरतपुर महानगरपालिका–९ मा सञ्चालनमा रहेको कम्पनीले विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।
कम्पनीका अध्यक्ष इन्द्रप्रसाद रेग्मीले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्।
बाढी–पहिरोका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र नवलपुरलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति कम्पनीले दुःख व्यक्त गरेको छ। कम्पनीले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरेको जनाएको छ।
विपद्को समयमा पीडित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले गरिएको आर्थिक सहयोग सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको हिस्सा भएको कम्पनीले जनाएको छ।