चितवन, भदौ १४-
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा बाढीका कारण सडक भासिएपछि नारायणगढ–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार हिान बाढीका कारण सडक भासिएपछि नारायणगढबाट काठमाडौं जाने तथा काठमाडौंबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारी साधनको आवागमन अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्णरुपमा बन्द गरिएको छ।
सडक पूर्णरुपमा बन्द रहेकाले यात्रु तथा सवारी चालकलाई जोखिमयुक्त क्षेत्रमा नबस्न र वैकल्पिक व्यवस्था नभएसम्म यात्रा नगर्न अनुरोध गरिएको छ।
प्रहरीले सम्बन्धित निकायको निर्देशन पालना गर्न तथा आफ्नो र परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेको छ।