सीएमएस शिक्षण अस्पतालले माग्यो स्टाफ नर्स, तलब ३४ हजार ७३० रुपैयाँ

cmc

चितवन, साउन ७-

भरतपुर–१० स्थित कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले स्टाफ नर्स पदका लागि कर्मचारी माग गरेको छ।

अस्पतालले सार्वजनिक सूचना जारी गर्दै केही संख्यामा स्टाफ नर्स पदमा योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो। उक्त पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले बीएससी नर्सिङ, बीएन वा पीसीएल नर्सिङ उत्तीर्ण गरेको हुनुपर्नेछ भने नेपाल नर्सिङ काउन्सिल (एनएनसी) मा दर्ता भएको अनिवार्य गरिएको छ।

अस्पतालका अनुसार एकदेखि दुई वर्षसम्मको कार्यअनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। यद्यपि नयाँ स्नातक तथा फ्रेशर उम्मेदवारले समेत आवेदन दिन सक्ने जनाइएको छ। चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको क्षेत्रमा अग्रणी संस्थाका रूपमा परिचित सीएमएस शिक्षण अस्पतालले दक्ष तथा प्रतिबद्ध नर्सिङ जनशक्ति भित्र्याएर स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले दरखास्त आह्वान गरेको जनाएको छ।

अस्पतालले चयन हुने स्टाफ नर्सलाई मासिक ३४ हजार ७३० रुपैयाँ तलब उपलब्ध गराउने जनाएको छ। इच्छुक उम्मेदवारले आवश्यक कागजात र बायोडाटासहित इमेलमार्फत आवेदन दिन सक्नेछन्। अस्पतालले योग्य तथा सेवाभावी नर्सिङ जनशक्तिलाई आफ्नो टोलीमा आबद्ध भई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा योगदान गर्न आग्रह गरेको छ।