चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे, राजस्व घट्यो

chitwan rastrya nikunja

चितवन, साउन ३-

चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या गत आर्थिक वर्षको तुलनामा ४१ हजार ५९४ ले बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जमा २ लाख ७२ हजार ९२३ पर्यटक पुगेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो संख्या २ लाख ३१ हजार ३२९ थियो । निकुञ्ज कार्यालयका अनुसार गत आर्थिक वर्ष निकुञ्ज घुम्नेमा १ लाख ६१ हजार ३७५ नेपाली, २२ हजार ८८३ सार्क मुलुकका र ८८ हजार ६६५ तेस्रो मुलुकका पर्यटक रहेको चितवन निकुञ्ज प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाली पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा १ लाख १७ हजार २०६ नेपाली पर्यटक निकुञ्ज पुगेका थिए । त्यस अवधिमा सार्क मुलुकबाट २४ हजार ८०० र तेस्रो मुलुकबाट ८९ हजार ३२३ पर्यटक आएका थिए । गत वर्ष नेपाली पर्यटकको संख्या ४४ हजार १६९ ले बढ्दा सार्क र तेस्रो मुलुकका पर्यटक भने केही घटेका छन् ।