रत्ननगर खानेपानीद्वारा उपभोक्तालाई निःशुल्क बिरुवा वितरण

ratnanagar khanipani

रत्ननगर, असार १७ –

पूर्वी चितवनको रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वातावरणीय सुधार र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफ्ना उपभोक्ताहरूलाई निःशुल्क बिरुवा वितरण सुरु गरेको छ। संस्थाका अनुसार एक उपभोक्ता लाई २ बिरुवाको नीति अनुरूप उपभोक्ताहरूलाई बिरुवा वितरण गर्न लागिएको हो।

संस्थाका उपाध्यक्ष रामहरी अधिकारीले प्रत्येक घरधुरीलाई दुईवटा बिरुवा उपलब्ध गराइने जानकारी दिए। कुल १६ हजार ५०० उपभोक्ता आबद्ध रहेको यस संस्थाले पहिलो चरणमा १० हजार बिरुवा वितरण गर्ने तयारी गरेको सचिव प्रताप डल्लाकोटीले बताए। उपभोक्ताहरूको माग र आवश्यकताका आधारमा फलफूल तथा विभिन्न प्रजातिका फूलका बिरुवाहरू वितरण गर्न लागिएको कोषाध्यक्ष विरञ्जना घिमिरे सापकोटाले जानकारी दिइन्।