रास्वपा पदाधिकारी चयनका लागि मतदान शुरु

electronic vote

काठमाडौँ, असार १२ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी छान्न मतदान शुरु भएको छ। चितवनमा जारी महाधिवेशनको दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन शुरु भएको हो ।

सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन्। त्यस्तै उपसभापतिमा पुरुषतर्फ डा. स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्।

अब १ महामन्त्री, १ महिला उपसभापति र २ सहमहामन्त्री मतदानबाट निर्वाचित हुनेछन् । यस्तै एक जना महिला सहमहामन्त्री पदमा पनि निर्वाचित हुनेछन् ।

आइतबारदेखि चितवनमा जारी रास्वपाको महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य चयन भइसकेका छन्।