भरतपुर महानगरको १९औँ नगरसभा: सञ्चार क्षेत्र सुदृढीकरणलाई प्राथमिकता, क्षमता अभिवृद्धि र पूर्वाधारमा जोड

nagar sabha

चितवन, असार ८ –

भरतपुर महानगरपालिकाको १९औँ नगरसभा अधिवेशनमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बजेट भाषण प्रस्तुत गर्दै सञ्चार क्षेत्रलाई सुदृढ, पारदर्शी र व्यावसायिक बनाउन विशेष कार्यक्रम अघि सारिएको बताउनुभयो।

नगरपालिकाले सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने, तालिम तथा सीप विकास कार्यक्रम सञ्चालन गर्ने र सञ्चार गृहहरूको संस्थागत विकास तथा प्रवर्द्धनमा सहयोग गर्ने नीति लिएको छ। साथै, स्थानीय सञ्चार माध्यमलाई सक्षम बनाउन आवश्यक सहकार्य र साझेदारी विस्तार गरिने उल्लेख गरिएको छ।

त्यस्तै, नेपाल पत्रकार महासंघ लगायत सञ्चारसँग सम्बन्धित संघ–संस्थाहरूको पूर्वाधार निर्माण तथा विकासमा समेत महानगरले सहयोग गर्ने व्यवस्था गरिएको छ। यसले पत्रकारिता क्षेत्रको संस्थागत सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा लोककल्याणकारी विज्ञापन नीतिमा परिमार्जन गरी थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाइने जनाइएको छ। सञ्चार क्षेत्रलाई स्थानीय लोकतन्त्रको आधारस्तम्भका रूपमा लिँदै यसको विकासमा महानगरले दीर्घकालीन योजना अघि बढाउने बताइएको छ।

कार्यवाहक प्रमुख अधिकारीका अनुसार सक्षम र जिम्मेवार सञ्चार क्षेत्रले सुशासन, विकास र जनउत्तरदायित्वलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। नगरसभाबाट पारित नीति तथा कार्यक्रमले भरतपुरमा सञ्चार क्षेत्रको विकासमा नयाँ गति दिने अपेक्षा गरिएको छ।

ताजा समाचारहरुः

भरतपुर महानगरको १९औँ नगरसभा: सञ्चार क्षेत्र सुदृढीकरणलाई प्राथमिकता, क्षमता अभिवृद्धि र पूर्वाधारमा जोड

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

भरतपुर महानगरको १९औँ नगरसभा: सञ्चार क्षेत्र सुदृढीकरणलाई प्राथमिकता, क्षमता अभिवृद्धि र पूर्वाधारमा जोड

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

भरतपुर महानगरको १९औँ नगरसभा: सञ्चार क्षेत्र सुदृढीकरणलाई प्राथमिकता, क्षमता अभिवृद्धि र पूर्वाधारमा जोड

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

भरतपुर महानगरको १९औँ नगरसभा: सञ्चार क्षेत्र सुदृढीकरणलाई प्राथमिकता, क्षमता अभिवृद्धि र पूर्वाधारमा जोड

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

भरतपुर महानगरको १९औँ नगरसभा: सञ्चार क्षेत्र सुदृढीकरणलाई प्राथमिकता, क्षमता अभिवृद्धि र पूर्वाधारमा जोड

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

भरतपुर महानगरको १९औँ नगरसभा: सञ्चार क्षेत्र सुदृढीकरणलाई प्राथमिकता, क्षमता अभिवृद्धि र पूर्वाधारमा जोड

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

भरतपुर महानगरको १९औँ नगरसभा: सञ्चार क्षेत्र सुदृढीकरणलाई प्राथमिकता, क्षमता अभिवृद्धि र पूर्वाधारमा जोड

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण