रत्ननगर । रत्ननगर वडा नं १ निपनीमा रहेको ओमशान्ति आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरुका लागि स्टेशनरी सहयोग गरिएको छ ।
श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति जिल्ला कार्यसमितिले विपन्न समुदायका बालवालिको शिक्षाको लागि स्टेशनरी सहयोग गरेको हो । विहीबार विहान विद्यालयमा आयोजित कार्यक्रममा बाइजुराजकी केन्द्रीय सदस्य अनिता पौडेल र जिल्ला अध्यक्ष शोभा ओली शर्माले विद्यालयकी प्रधानाध्यापक राधा चौधरीलाई कापी र कमल हस्तान्तरण गरेका हुन । बाइजुराजले १६ हजार रुपैया बराबरको कापी र कलम विद्यालयलाई हस्तान्तरण गरेको हो ।
उक्त विद्यालयका अघिकाँस विपन्न समुदायका बालबालिका अध्यायन गर्छन् । बाइजुराजकी जिल्ला अध्यक्ष शर्माले मानवीय सेवा कार्य अन्तर्गत विपन्न बालबालिकाको शिक्षाको लागि स्टेशनरी प्रदान गरिएको बताइन् । उनले बाइजुराज जिल्ला कार्यसमितिले धर्मसंरक्षण, प्रचारप्रसार संगै स्थानीय सरकारसंग सहकार्य गरी हिंसा न्यूनीकरण, लागुऔषध न्यूनीकरण, बालविवहा, बालयौन पोषणका विरुद्धका समुदाय तथा विद्यालय केन्द्रीत सचेतना मुलक कार्यक्रम गर्दै आएको बताइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर चौधरी, विद्यालय अभिभावक संघका संघका अध्यक्ष विकन महतो, विद्यालयकी प्रधानाध्यापक राधा चौधरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वाइजुराजकी जिल्ला सदस्य भिमा थापाले सञ्चालन गरेकी थिइन् ।