प्रतिनिधिसभा बैठक सुरु

pratinidhi sabha start

काठमाडौँ, असार १ –

प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा १५ मिनेट ढिला सुरु भएको छ । सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृतरुपमा छलफल हुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

बैठकमा सांसद कृष्णराम राना, पार्वती विक, जोगकुमार बरबरिया, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल र एशुदाकुमारी बरालले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकको खर्च रकम घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा सदस्यको नाम हेरफेरको प्रस्ताव गर्नुहुनेछ । रासस