भोजपुरी गीत ‘तोहरा प्यार मे’ यूटुव मार्फत सार्वजनिक

1

खैरहनी । खैरहनी वडा नं १ बहेरी निवासी किशोर चौधरीले निर्माण गरेको भोजपुरी गित ‘तोहरा प्यार मे’ युटुव मार्फत सार्वजनिक गरिएको छ ।

पूर्वी चितवनको खैरहनी स्थित म्याङ्गो जनज्योति सिनेमा हलमा आयोजित एक औपचारिक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । सेविल इन्टरनेन्टमेण्ट नामक युटुव च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको संगितकार समेत रहेका चौधरीले जानकारी दिए ।

संगितकार चौधरीले उक्त गीतमा निर्देशन तथा सम्पादन समेत गरेका छन् । अनुज गुप्ताको शब्दरचना रहेको उक्त गीतमा किशोर चौधरीले नै संगित भरेका छन् । चितवन र मकवानपुरका रमणीय ठाँउमा छायाङ्कन गरिएको उक्त गीत मनोज महतो र अनुमा चौधरीले गायका हुन । गीतमा कलाकारहरु अनुज गुप्ता र स्वच्छा महतोले अभिनय गरेका छन् ।

पछिल्लो समय युवापुस्ताले माया र प्रेमलाई खेलौनाको रुपमा लिने गरेको कुरालाई गीत मार्फत सचेत गराउन खोजिएको छ । गीतको बोलले मायामा सन्तुष्टि जरुरी छ भन्ने सन्देश दिन खोजिएको हो निर्देशक किशोर चौधरीले भने मनोरन्जनात्मक संगै प्रेममा धर्यता र विश्वास हुनुपर्छ भन्ने सन्देश दिएका छौ । गीति भिडियोमा छायाङ्कनमा मेघनाथ चौधरी र कलरमा मित्रदेव गुरुङ रहेका छन् ।