गैडाकोट,जेठ १९-
नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । गैँडाकोट–२ स्थित नदीमा पौडी खेल्ने क्रममा आज एक बालक बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिनुभयो । “नारायणी नदीमा दुईजना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका छन्, एक जनाको उद्धार गरी अस्पताल पठाइएको छ”, उहाँले भन्नुभयो, “बेपत्ता भएका बालकको खोजी जारी छ ।”
बेपत्ता भएका र उद्धार गरी अस्पताल पठाइएको दुवै बालकको परिचय खुल्न नसकेको उहाँले बताउनुभयो । नदीमा पौडी खेल्न जाने क्रममा किनारमा खोलेर राखेको पोशाकका आधारमा दुवै बालक चितवनको नारायणघाटस्थित बालकुमारी कन्या माविमा अध्ययनरत विद्यार्थी भएको हुनसक्ने उहाँले बताउनुभयो । रासस