बजेटले बढायो मन्त्रीहरूको सम्पत्ति, बालेनको मात्रै ३९ लाखले वृद्धि

minister and gold

बजेटमा गरिएको सुनको भन्सार वृद्धिसम्बन्धी निर्णयले क्याबिनेटका १५ मन्त्रीको सम्पत्ति झन्डै डेढ करोड रुपैयाँले बढेको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेखित सुनको मात्राले सो बराबरको सम्पत्ति बढेको देखाएको हो ।

केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा हाल कायम रहेका मन्त्रीहरूसँग ७१०.५० तोला सुन रहेको देखाइएको छ । शुक्रबार आएको बजेटपछि आज आइतबार सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको छ । यो हिसाबले हेर्दा मन्त्रीहरूको सम्पत्ति कुल १ करोड ४५ लाख ६५ हजार रुपैयाँले बढेको देखिन्छ ।

यसमध्ये सबैभन्दा धेरै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कै देखिएको छ । उनको मात्रै ३८ लाख ९५ हजार रुपैयाँ बराबरको सम्पत्ति बढेको छ । त्यस्तै उद्योग मन्त्री गौरीकुमारी यादवको ३६ लाख ९० हजार रुपैयाँ बराबरको सम्पत्ति बढेको देखिन्छ । रामजी यादवको १६ लाख ४० हजार तथा अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति ९ लाख २२ हजार ५०० रुपैयाँले बढेको देखिन्छ ।

बजेटमा सुनको भन्सार दर दोब्बर पुर्‍याइएको छ । यसअघि १० प्रतिशत रहेको सो दर बढाएर २० प्रतिशत पुर्‍याइएको हो । त्यस्तै, अन्तिम उपभोक्ताको मूल्यमा ०.५ प्रतिशतले हुन आउने रकम सिप अभिवृद्धि महसुलको रूपमा समेत थप गरिएको छ । यो वृद्धिसँगै आइतबार सुनको प्रतितोला मूल्य ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ ।

कसको कति बढ्यो सुनको मूल्य ?