नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता

Finance Minister Dr Swarnim Wagle speaks in the House of Representatives (HoR) while responding to lawmakers' questions on the priorities and principles of the Appropriation Bill for the upcoming fiscal year at Singha Durbar, Kathmandu, on May 19, 2026. Photo: RSS

भरतपुर,जेठ १५-

रास्वपा नेतृत्वको सरकारले आज (शुक्रबार) आर्थिक बर्ष २०८३ ८४ को बजेट सार्वजनिक गरेको छ । यो बजेटमा चितवनलाई चितवनलाई चासोका साथ हेरिएको थियो । रास्वपाको सभापति रवि लामिछाने र कानुनमन्त्री समेत रहेकी सोविता गौतम चितवनबाट निर्वाचित भएकाले बजेटमा चितवन प्राथमिकतामा पर्ने विश्वास गरिएको थियो । तर नयाँ बजेटमा भने चितवन प्राथमिकतामा पर्न सकेन । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै चितवनका केही पुराना योजनालाई समेटेका छन । नयाँ योजनामा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई उपकरण खरिदका लागि ३२ करोड रकम विनियोजन र चेपाङ समुदायलाई आवासिय विद्यायलय संचालन गर्ने मात्रै समेटिएको छ ।

पुराना योजनामा भरतपुर विमानस्थललाई बिस्तार गरेर रात्रिकालिन उडान संचालन गर्ने,नारायणगढ हेटौंडा सडकको स्तरोन्नती र माझिमटार शक्तिखोर सुरुङ मार्गका लागि अध्ययन गर्न बजेट विनियोजन गर्ने बिषय समेटिएको छ । यस अघिका सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई गौरबको आयोजनाका रुपमा समेटेपनि यसपटक भने नाम समेत उच्चारण भएन । तर सरकारले देशका विभिन्न सहरमा क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ ।