चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा एष्ट्रल युथ सोसाइटीले पहिलो जित दर्ता गरेको छ ।
लिग अन्तर्गत आज (सोमबार) सम्पन्न खेलमा नारायणी मोटर्स युनिक फुटबल क्लबलाई २-० ले हराउँदै एष्ट्रलले लिगमा पहिलो जित निकालेको हो । उसको जितमा लाल कुमार तमाङ र प्रताप भट्टले गोल गरे ।
एष्ट्रलका विशाल तमाङ म्यान अफ दि म्याच भए । यो जितपछि लिगमा एष्ट्रलले दुई खेलमा चार अंक बनाएको छ । समान खेल खेलेको युनिकको एक अंक छ ।
लिग अन्तर्गत आज नै हुने भनिएको यात्रा ग्रुप भरतपुर र माडी ११ बीचको खेल भने स्थगित भएको छ । उक्त खेल मंगलबार दिउँसो २:३० बजे हुनेछ । मंगलबार नै ४:३० बजे नारायणगढ फुटबल क्लब र रामपुर एफफी रड्स भिड्नेछन् ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।