अमरसिंह माविको जग्गामा बनेका घरटहरामा महानगरको डोजर

pokhara dozar

पोखरा , जेठ ५ –

पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ।

मंगलवार बिहानै महानगरपालिकाको टोलीले सुरक्षाकर्मीहरूको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घरटहराहरू भत्काएको हो। विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरी प्रयोग हुँदै आएका थिए। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाइएको महानगरपालिकाले जनाएको छ।

संरचना भत्काउने क्रममा हुनसक्ने सम्भावित अवरोध र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घटनास्थलमा नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो।