चितवनको फिस्लिङ नजिक पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

IMG-20240706-WA0004

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिक पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

आज दिउँसो करिब १ः५० बजेको समयमा लेदोसहितको पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरो पन्छाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयाे । पहिरो पन्छाउन करिब एक घण्टा लाग्ने बताइएको छ ।