म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

Loadshedding

म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राबिधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका हुन् ।

लुलाङ आधारभूत विद्यालयका शिक्षक दर्पण रोकाले विद्युत अभावमा रातका समयमा उज्यालो बनाउन, घरायसी काम, विद्यार्थीहरुलाई पठनपाठन र वडा कार्यालयको सेवा प्रवाहमा समस्या भएको गुनासो गर्नुभयो ।

मोवाइल चार्ज गर्न नपाएर सञ्चार सेवा प्रभावित बनेको छ । साविक लुलाङ गाविसमा तीन सय ७० घरपरिवारले परियोजनाको विद्युत उपभोग गर्दै आएका छन् । गत जेठ महिनामा लुलाङमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा पुगेको थियो । लघुजलविद्युतको विद्युत भएकाले स्थानीयबासीहरुले घरमा मिटरबक्स जडान र वायरीङ गर्न बेवास्ता गरेका थिए ।

केन्द्रिय लाइनको विद्युत पुगिसकेकाले लघुजलविद्युत परियोजना मर्मत गर्न सरकारको आर्थिक कार्यबिधीले नदिने भएकाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर मिटरबक्स जडान गरि विद्युत विस्तारमा पहल गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

दरखोला लघुजलविद्युत परियोजनामा पटक–पटक समस्या आउन आउने भएकाले विद्युतको दिर्घकालिन समस्या समाधानका लागि केन्द्रिय प्रशारण लाइनको विद्युत जोड्न प्राथमिकता दिएको उपाध्यक्ष पुनले बताउनुभयो । गत जेठमै केन्द्रिय लाइन पुगेपनि खोरिया स्थित नेपाल टेलिकमको मोवाइल टावर सञ्चालन बाहेकको काममा प्रयोग भएको थिएन् । रासस

ताजा समाचारहरुः

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी