रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार प्रमुख जिल्ला अधिकारी इन्ज्द्रदेब यादबलाई स्वागत तथा व्यवसायिक सुरक्षाका विषयमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।
रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले भारतबाट अबैध रुपमा भित्र्निे कृषि तथा पशुजन्य उत्पादनका कारण नेपाली उत्पादनले बजार पाउन नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी यादबलाई ध्यानर्कषण गराएका छन् । चितवन दुध, पोल्ट्री, माछा र केरामा आत्मनिभएर रहेको भन्दै उनले खुल्ला सिमानाका कारण भरतबाट भित्र्निे अबैध सामग्रीका कारण जिल्लाका उत्पादनले बजार पाउन नसकेको बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले अबैध रुपमा भारतबाट भित्र्निे सामग्रीका कारण नेपाली उत्पादनले मुल्य पाउन नसकेको बताए ।
भारतीय उत्पादनको एकछत्र राज नेपाली बजारमा रहेको भन्दै उनले यसबाट व्यवसायिक किसान मार्कामा परेको उनले बताए । कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले नेपाल भारतको खुल्ला सिमना, सौराहाको पर्यटन विकास, लागुऔषधको कारोबार निरुत्साहित तथा व्यवसायिक सुरक्षाको विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए । कोरोना र त्यसपछिको आर्थिक मन्दीका कारण् निजी क्षेत्र कमजोर बन्दै गइरहेको भन्दै अध्यक्ष गिरीले लगानी र व्यवसायिक सुरक्षाका राज्य जिम्मेबार बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, संघका उपाध्यक्षहरु हरि अधिकारी, रामशरण नेपाल, महिला उद्यमी समितिकी अध्यक्ष रन्जना श्रेष्ठ, पूर्वी चितवन विद्युत व्यवसायी संघका अध्यक्ष ओमप्रसाद चालिसे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम उद्योग बाणिज्य संघका महासचिव उपेन्द्रशर्मा आचार्यले सञ्चालन गरेका थिए ।