Latest News

चितवन आउन नभ्याएका रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

Ravi-Lamichhane-1

चितवन आउन नभ्याएका क्षेत्र नं. २ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत उम्मेदवारी दर्ता गरेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालका अनुसार लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको छन् ।
ज्ञवालीलाई लामिछानेले वारेस दिएपछि उनैले उम्मेदवारी दर्ता गराएको जिल्ला सभापति भुसालले जानकारी दिए ।