नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

Basics-of-Share-Market-and-its-Types-Explained

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ८१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो ।

आज ३३९ कम्पनीको दुई करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर एक लाख १५ हजार १८१ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ एक दशमलव २४, विकास बैङ्क एक दशमलव ४५, वित्त शून्य दशमलव ९७, होटल तथा पर्यटन तीन दशमलव ३६, जलविद्युत् एक दशमलव ७७ र लगानी समूह दुई दशमलव ५४ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा एक दशमलव ८६, उत्पादन तथा प्रशोधन एक दशमलव ३९, लघुवित्त एक दशमलव ५४, म्युचुअल फन्ड एक दशमलव ०४, निर्जीवन बीमा एक दशमलव ६५, व्यापार शून्य दशमलव ३७ र अन्य समूह एक दशमलव ४४ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा गुर्खाज फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एसबिएल डिबेञ्चर २०८९ को शेयर मूल्य चार दशमलव २३ प्रतिशतले घटेको छ । रासस

ताजा समाचारहरुः

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी